• १४ वैशाख २०८१, शुक्रबार

सुस्ताको पुल आठ वर्षमा ६५ प्रतिशत मात्र निर्माण

blog

पश्चिम नवलपरासीको सुस्तालाई जोडने गरि नारायणी नदिमा बन्न लागेको झोलुङगे पुल । तस्विर : गोपी ज्ञवाली

गोपी ज्ञवाली 

नवलपरासी, वैशाख १६ गते । पश्चिम नवलपरासीको सुस्तालाई जोडने नारायणी नदीमा बन्न लागेको पुल आठ वर्ष बितिसक्दा समेत ६५ प्रतिशत मात्र को निर्माण भएको छ । 

नारायणी नदी पारी रहेको सुस्तालाई नेपालसँग जोडिने गरि नवलपरासीको नारायणी नदीमा बनाउन लागेको झोलुङ्गे पुल पछिल्लो आठ वर्षदेखि निर्माण सुरु भएको थियो । सस्पेन्सन ब्रिज डिभिजनका सिनियर डिभिजनल इन्जीनियर गौरीकुमार श्रेष्ठले पुल निर्माणमा ढिलाइ भएको स्वीकार गर्दै तत्काल निर्माण सम्पन्न गर्न निर्देशन दिइसकेको बताउनुभयो । 

पुल ३० महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी २०७२ सालमा त्रिशूली जेभी आश्रय कन्स्ट्रक्सन कम्पनीले जिम्मा लिएको थियो । देशकै सबैभन्दा लामो झोलुङ्गे पुलको रुपमा निर्माण भइरहेको सुस्ता झोलुङ्गे पुल निर्माणका लागि सम्झौताको समय पटक पटक थप गरे पनि निर्माण पूरा गर्न सकेको छैन । 

भारतीय पक्षले गत मङ्गलवार विना सूचना नै गण्डक ब्यारेजको ढोका खोलिदि पछि पुल  निर्मा कार्य रोकिएको पुल विभागका सबइन्जीनियर गोपाल थापाले बताउनुभयो । नारायणी नदीमा गण्डक ब्यारेजको पानी छाडिँदा पुल निर्माणको काम प्रभावित भएको   थापाले बताउनुभयो ।

एक हजार ५५८ मिटर लामो यो पुलमा १४ वटा पिलर निर्माण हुन छन् । यीमध्ये हालसम्म नौ वटा पिलरहरु निर्माण भइसकेको थापाले जानकारी दिनुभयो । वर्षाैंदेखि अलपत्र अवस्थामा रहेको पुल तत्काल निर्माण सम्पन्न गर्न सुस्ता गाउँपालिका– ५  का स्थानीयवासी कमल हरिजनले माग गर्नुभयो ।