• १९ असार २०८१, बुधबार

कांग्रेसले विद्रोही उम्मेदवार पार्टीबाट निष्कासन गर्ने

blog

काठमाडौं, बैशाख १६ गते । बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा विद्रोही उम्मेदवारी दर्ता गर्नेलाई नेपाली कांग्रेसले स्वतः पार्टीबाट निष्कासन गर्ने भएका छन् । 

पार्टीका आधिकारिक उम्मेदवारका विरूद्ध पार्टीका कुनै सदस्यले विद्रोही उम्मेदवारी दर्ता गराउनेलाई शुक्रबार ५ बजेसम्ममा उम्मेदवारी फिर्ता लिन पार्टीले शुक्रबार विहान विज्ञप्ती प्रकाशन गर्दै आग्रह गरेको छ । 

मुख्य सचिव कृष्णप्रसाद पौडेलद्धारा हस्ताक्षरित विज्ञप्तीमा पार्टीका आधिकारिक उम्मेदवारलाई विजयी बनाउन सक्रिय भूमिका निर्वाह गर्नु  निर्देशान दिएको छ । तोकिएको मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएमा त्यस्ता विद्रोही उम्मेदवार, नीजको प्रस्तावक र समर्थकको पार्टी सदस्यता नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४ (१३) (ग) बमोजिम समाप्त भई पार्टीबाट स्वतः निष्काशित हुने विज्ञप्तीमा उल्लेख गरेको छ ।