• ४ जेठ २०८१, शुक्रबार

रुविना र सिताको विदाई

blog

विदाई कार्यक्रममा रुविना क्षेत्री र सिता रानामगर । तस्बिर सौजन्य : क्यान

काठमाडौँ वैशाख १७ गते । युएईमा यही वैशाख १८ देखि जेठ १ गतेसम्म अयोजना हुने फेयर ब्रेक इन्भिटेसनल-२०२२ क्रिकेट प्रतियोगिता खेल्न लाग्नुभएका नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीकी कप्तान रुविना क्षेत्री  सिता रानामगरलाई नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार विदाई गरेको छ ।

रुविना र सितालाई क्यानका  कार्यवाहक सचिव प्रशान्त बिक्रम मल्ल, क्रिकेट प्रशिक्षक जगत टमटा, नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीलगायतले विदाई गर्नुभयो । रुविना र सिता शनिबार (आज) युएई जानु हुनेछ ।

क्रिकेट हङकङको आयोजनामा हुने टी-२० प्रतियोगितामा रुविनाले द बर्मी आर्मीबाट र सिताले टिम टोर्नाडोजबाट खेल्दै हुनुहुन्छ । नेपाली महिला खेलाडीले अन्तर्राष्ट्रिय फ्रेन्चाइज खेल्न लागेको यो पहिलो पटक हो ।