• १५ असार २०८१, शनिबार

बेलहिया नाकामा एक पुरुषमा कोरोना पोजेटिभ

blog

नेपाल–भारत बेलहिया नाकाबाट नेपाल भित्रिदै गरेका नागरिक र सोधपुछ गर्दै सुरक्षाकर्मीहरु । तस्वीरः कपिल ज्ञवाली

कपिल ज्ञवाली 

सिद्धार्थनगर, बैसाख १६ गते । भारतबाट नेपाल फर्किएका एक पुरुषमा कोरोना पोजेटिभ देखिएको छ । रुपन्देहीको बेलहिया नाकामा एन्टीजेन परिक्षण गर्दा काठमाडौंका २३ बर्षीय पुरुषमा पोजेटिभ देखिएको बेलहिया हेल्थ डेस्कमा कार्यरत स्वास्थ्यकर्मी शक्ति क्षेत्रीले गोरखापत्रलाई जानकारी दिनुभयो । 

पोजेटिभ केस चैत्र ५ देखि देखिएको थिएन, आज देखियो सर्तक हुन आवश्यक छ, उहाँले भन्नुभयो । झण्डै डेढ महिनापछि पोजेटिभ केश भेटिएको बेलहिया हेल्थ डेस्कले जनाएको छ ।