• १९ असार २०८१, बुधबार

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

blog

काठमाडौं, वैशाख १५ गते। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई पत्राउ गरेको छ।  बर्दिया बारर्दिया नगरपालिका १ जमुनिया घर भएर काठमाडौं नयाँबानेश्वर बस्ने २४ वर्षीय दिनेशभक्त वलीलाई प्रहरीले नियन्त्रणमा लिएको हो। 

केन्द्रीय अनुसनधान ब्यूरोका प्रहरी उपरीक्षक श्यामकुमार महतोका अनुसार बिहीबार उनलाई ग्वार्कोबाट पक्राउ गरिएको हो।  खातामा पैसा छ भनेर चेक दिएका थिए। चेक भुक्तान हुन नसकेको भन्दै दायर रिटमाथि सुनुवाइ गर्दै  पाटन उच्च अदालतले वलीविरुद्ध २०७७ फागुन १६ गते  १२ दिन कैद र २३ लाख ६५ हजार पाँच सय जरिवाना ठहर गरेको थियो। 

फैसला कार्यान्वयनका क्रममा वली बिहीबार ग्वार्कोबाट पक्राउ परेका हुन्।