• १२ वैशाख २०८१, बुधबार

रातिको उडान स्थगन गर्दै वायुसेवा सञ्चालक संघ

blog

काठमाडौं, वैशाख १५ गते। वायुसेवा सञ्चालक संघले आन्तरिक हवाई उडान स्थगन गर्ने जनाएको छ। 

संघका सदस्य वायुसेवा कम्पनी बुद्ध एयर, यती एअरलाइन्स, श्री एयरलाइन्स, सौर्य एयरलाइन्स र गुर्ण एयरलाइन्सले शुक्रबारदेखि राति ८ बजेपछि आन्तरिक हवाइ उडान स्थगन गरेको हो। 

नेपाल नागरिक उड्डयन प्राधिकरणले लागू गर्ने भनेको रात्रिकालीन उडानको योजनालाई आन्तरिक उडानका वायुसेवा कम्पनीले कार्यान्वयन नगर्ने भएका हुन्। 

प्राधिकारणले शुक्रबारदेखि राति ८ बजेपछि आन्तरिक हवाइ उडानको तालिका राखेको छ।  वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेलले सो तालिकाअनुसार उडान कार्यान्वयन गर्न प्राविधिक समस्या हुने बताउनुभएको छ। रातिको ८ बजेपछि नियमित उडान गर्नसक्ने अवस्था नरहेको उहाँले बताउनुभयो। 

प्रवक्ता कँडेलद्वारा जारी विज्ञप्तिमा कम्पनीले नयाँ स्लट अनुसार उडान गर्न नसक्ने भन्दै संशोधन नभएसम्म सम्पूर्ण उडान स्थगन गर्ने उल्लेख छ। साथै यात्रुमा पर्न जाने असुविधा प्रति पनि संघले क्षमायाचना गरेको छ।