• २९ वैशाख २०८१, शनिबार

'अवतार : द वे अफ वाटर' काे प्रदर्शन मिति सार्वजनिक

blog

काठमाडौं, वैशाख १५ गते । हलिउडको चर्चित फिल्म 'अवतार'को दोस्रो भागको प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माता जेम्स क्यामरुनले सिनेमा कन्भेन्सनको मञ्चमा उक्त घोषणा गर्नुभएको हो ।

योसँगै फिल्मको दोस्रो भागको नाम पनि सार्वजनिक गरिएको छ । 'अवतार'को दोस्रो भाग अर्थात् सिक्वेलको आधिकारिक शीर्षक 'अवतारः द वे अफ वाटर' राखिएको छ । 

फिल्म १६ डिसेम्बरमा विश्वभरका सिनेमाघरमा रिलिज हुँदैछ । रिलिज मितिसँगै फिल्मको फर्स्ट लुक पनि सार्वजनिक भएको हाे ।

फिल्ममा केट विन्सलेट, साम वर्थिंगटन, जोए साल्दाना, स्टीफन लङ, विन डिजेल, एडी फाल्को, क्लिफ कर्टिस, सिगौर्नी वीभर, जियोभन्नी रिबिसी, मिशेल येओह, जर्मेन क्लेमेन्ट, उना च्याप्लिन र थप कलाकारहरूको अभिनय रहेको छ । 

'अवतार २' को बजेट २५० मिलियन अमेरिकी डलर (३० अर्ब २५ करोड रुपियाँ) रहेको छ । यस्तै, फिल्म विश्वका १६० भाषामा रिलिज हुने बताइएको छ ।