शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं, वैशाख १५ गते। पछिल्लो २४ घण्टामा १५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार ८८२ जनाको पीसीआर परीक्षण गर्दा १५ जनामा सङ्क्रमण पुष्टि भएको हो।
२४ घण्टामा १८ जनाले कोरोना जितेका छन् भने मृत्यु शून्य छ। अहिले देशभर २४९ जना सक्रिय सङ्क्रमित छन्। मन्त्रालयका अनुसार २४ घण्टामा एक लाख २५ हजार ४३ जनाले खोप लगाएका छन्।

गोरखापत्र
Gorkhapatra...