• १६ चैत २०८०, शुक्रबार

दुई वर्षपछि पौडीको राष्ट्रिय प्रतियोगिता

blog

पौडी प्रतियोगिताबारे जानकारी दिँदै आयोजक । तस्बिर : गोरखापत्र

काठमाडौँ, वैशाख १५ गते । बुढापेस्टमा आगामी जुनमा आयोजना हुने १९औँ विश्व च्याम्पियनसिप र एसियाली खेलकुद (एसियाड) लाई समेत लक्षित गरी नेपाल पौडी सङ्घले वैशाख २२ र २३ गते खुला तथा उमेर समूहको राष्ट्रिय पौडी प्रतियोगिता आयोजना गर्ने भएको छ । 

सङ्घले दुई वर्षपछि पौडी खेलको राष्ट्रिय प्रतियोगिता आयोजना गर्न लागेको हो । ‘कोरोनाका कारण पौडीको राष्ट्रिय प्रतियोगिता आयोजना गर्न सकिएन । नयाँ खेलाडी विश्व च्याम्पियनसिप तथा तीनमा हुन लागेको एसियाड र पोखरामा हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई खेलाडी छनोट गर्ने गरी प्रतियोगिता आयोजना गर्न लागेका हौँ,’ सङ्घका अध्यक्ष अशोक बज्राचार्यले भन्नुभयो ।

ललितपुरको सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा हुने दुई दिने प्रतियोगितामा एक सय ५० खेलाडीको सहभागिता रहनेछ । प्रतियोगितामा पुरुषतर्फ आठ, महिलातर्फ आठ र दुई दुई जना ओलम्पियन गरी १८ जना खेलाडीलाई एसियाड लगायत प्रतियोगिातको प्रारम्भिक छनोटमा राखिनेछ । 

प्रतियोगितामा उत्कृष्ट पुरुष र महिला एक एक जना खेलाडीलाई विश्व च्याम्पियनसिपमा सहभागि गराईने बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताका संयोजक जगतमान श्रेष्ठले जानकारी दिनुभयो । सङ्घले प्रत्येक विधामा राष्ट्रिय कीर्तिमान बनाउने खेलाडीलाई जनही १० हजार रुपियाँ पुरस्कार प्रदान गर्ने पनि जनाएको छ ।