• १५ वैशाख २०८१, शनिबार

इन्टरलाई बोलोग्नाको झट्का

blog

इन्टरविरुद्ध गोल गरेपछि बोलोग्नाका खेलाडी । तस्बिर : एएफपी

काठमाडौँ, वैशाख १५ गते । इटालियन सिरी ‘ए’ फुटबलको उपाधि होडमा रहेको इन्टर मिलानलाई बोलोग्नाको नमिठो झट्का लागेको छ । बोलोग्नामा बुधबार राति भएको खेलमा सुरुवाती अग्रता लिएको इन्टर घरेलु टोलीसँग २–१ गोलले स्तब्ध बन्यो । बोलोग्नाको जितमा मार्को अर्नाउटोभिक र निकोला सानसोनले गोल गर्नुभयो । इन्टर मिलानका इभान पेरिसिसको सुरुवाती गोल सान्त्वना गोलमा परिणत भयो । 

प्रतिस्पर्धात्मक खेलमा इभान पेरिसिसले खेलको तेस्रो मिनेटमै गोलको खाता खोल्नुभएको थियो । त्यसपछि बोलोग्नाले २८औँ मिनेटमा बराबरी गोल फर्कायो । मार्को एर्नाउटोभिकले मुसा बारोको पासमा गोल गर्दै घरेलु टोलीको उत्साह जगाउनुभयो । ८१औँ मिनेटमा निकोला सानसोनले गोल गरेपछि इन्टर हार खेप्न बाध्य बन्यो । 

हारसँगै इन्टरले शीर्षस्थानमा उल्कने मौका गुमाएको छ । दोस्रो स्थानमा रहेको इन्टरको ३४ खेलबाट २ अंक छ । शीर्षस्थानमा रहेको एसी मिलानको ७४ अंक छ । इन्टरलाई पराजित गरेको बोलोग्ना ४२ अंकसहित १३औँ स्थानमा छ । अन्य खेलमा उडिनेलिे फियोरेन्टिनालाई ४–० गोलले पराजित गरेको छ । एटलान्टा र टोरिनोले भने ४–४ गोलको बराबरी खेल्दै अंक बाँडेको छ । एजेन्सी