• ७ जेठ २०८१, सोमबार

जोन्सन एण्ड जोन्सनको बुस्टर डोज खोप लगाउन आग्रह

blog

काठमाडौं, वैशाख १४ गते । सरकारले कोरोनाविरुद्धको जोन्सन एण्ड जोन्सन खोप लगाएकालाई बुस्टर मात्रा लगाउन आग्रह गरेको छ ।

बुधबार एक सूचना निकाल्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जोन्सन एण्ड जोन्सन खोप एक मात्रा लगाएको तीन महिना पुगिसकेकालाई बुस्टर डोज खोप लगाउन आग्रह गरेको हो ।

साथै, १८ वर्षमाथिका दुई मात्रा अन्य खोप लगाएको तीन महिना पुगिसकेकालाई बुस्टर मात्रा खोप लगाउन मन्त्रालयले आग्रह गरेको छ ।

खोप लगाउन मन्त्रालयले नजिकैको वडा कार्यालयमा सम्पर्क गरी खोप लिन अनुरोध गराएको छ ।