शान्ता अधिकारी
चितवन, वैशाख १५ गते । भरतपुर महानगरपालिका ३ नारायणगढ कमलनगर चोकमा भीषण आगलागी भएको छ । आगलागीबाट करोडौं रुपियाँ बराबरको क्षति भएको पूर्वानुमान गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आगलागीबाट कमलनगर चोकमा रहेको तुल्सीराम सापकोटाकोे चार तले घरको भुइँतलामा रहेका रहेका सात वटा पसलसहित पहिलो र दोस्रो तलाका पसलमा समेत ठूलो क्षति पुगेको छ ।
बुधबार राति अन्दाजी २ बजे विद्युत् सट भई भएको मानिएको उक्त आगलागी भरतपुर महानगरपालिकाका दुई, नेपाली सेनाको एक र पूर्वी चितवनको एक गरी चार वटा बारुणयन्त्रको कठिन प्रयासपछि बिहीबार बिहान ७ बजे मात्र पूर्णरुपमा नियन्त्रणमा लिइएको हो ।आगलागीपछि त्यहाँ पुगेको नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाको ठूलो प्रसासले केही पसलका केही सामानहरु भने झिक्न सफल भएका छन् ।
आगलागीबाट भुइँतलामा रहेका दुई कपडा पसल, दुई वटा जुत्ता पसल, दुई मोबाइल पसल र एउटा फेन्सी पसल पूर्ण रुपमा क्षति भएका छन भने पहिलो तलामा रहेका पसलहरु मात्र होइन भवनको पहिलो दोस्रो तलासम्म क्षति पुगेको छ ।