• १३ असोज २०८१, आइतबार

थप १३ जनामा सङ्क्रमण पुष्टि

blog

काठमाडौं, वैशाख १६ गते । पछिल्लो २४ घण्टामा १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार एक हजार ७७८ जनाको पीसीआर परीक्षण गर्दा १३ जनामा सङ्क्रमण देखिएको हो ।

त्यसैगरी, ९९३ जनाको एन्टिजेन परीक्षण गर्दा एक जनामा सङ्क्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार २४ घण्टामा १९ जना सङ्क्रमणमुक्त भएका छन् भने मृत्यु शून्य छ । अहिले देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २४३ छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा दुई लाख नौ हजार ५६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।