• १३ साउन २०८१, आइतबार

तानसेन–रानीमहल जोड्ने सडकखण्ड एक साता बन्द

blog

रेखीराम राना
पाल्पा, वैशाख १६ गते ।
तानसेन–रानीमहल जोड्ने सडकखण्ड एक साताका लागि बन्द भएको छ । बिहीबारबाट तानसेन–रानीमहल जोड्ने सडक एक साताका लागि पूर्णरुपमा बन्द भएको हो ।

पूर्वाधार सडक कार्यालय तानसेन पाल्पाले तानसेन रानीमहल जोड्ने १३ किलोमिटर सडक कालोपत्रे र मर्मत सम्भार गर्नुपर्ने भएका सडक बन्द गर्नुपरेको जनाएको छ ।

पूर्वाधार विकास कार्यालयका प्रमुख अरुणकुमार गुप्ताले व्यवसायीलाई एक हप्ताको समय दिएर सडक बनद गरेको जानकारी दिनुभयो ।

तानसेन–रानीमहल सडक बन्द रहेपनि रानीमहल जाने पर्यटकले वैकल्पिक सडकको रुपमा मिसन दैलातुङ्गको सडक प्रयोग गर्न सकिने जानकारी उहाँले दिनुभयो । साथै तानसेन, बतासेडाँडा, बौघागुम्वा छेर्लुङ सडक वा अर्गली रानीमहल सडक प्रयोग गरी रानीमहल जान सक्ने छन् ।