• ३० वैशाख २०८१, आइतबार

सौगात र दीयाको 'मन्त्र' प्रदर्शनमा

blog

काठमाडौं, वैशाख १६ गते । आजबाट नयाँ नेपाली फिल्म 'मन्त्र' प्रदर्शनमा आएको छ । अभिनेता सौगात मल्ल र अभिनेत्री दीया पुन अभिनित फिल्मले ट्रेलरबाट नै राम्रो प्रतिक्रिया पाएको थियो । 'मन्त्र'सँगै बलिउड फिल्म 'हिरोपन्ती २' र 'रनवे ३४' पनि आजबाट प्रदर्शनमा आएको हो ।

खिलबहादुर गुरुङको निर्देशनमा तयार भएको यो फिल्म मनास्लु हिमालको फेदमा खिचिएको छ । सुरेश कार्की, रवि राज कार्की र सुभा श्रेष्ठले निर्माण गर्नुभएको फिल्ममा बुद्धि तामाङ, नमिता तामाङ, वीरबहादुर लामा र पासाङ छिरिङ शेर्पाको यसमा अभिनय छ ।

यस्तै, फिल्ममा परिछेद सेनको कथा, सञ्जय लामाको छायाङ्कन र मित्र डी गुरुङकाे सम्पादन छ ।