• १३ साउन २०८१, आइतबार

निर्वाचनका लागि छाङरुमा सञ्चार

blog

छाङरुमा फोरजी सेवा विस्तार गर्न ब्रह्मलेकमा निर्माण गरिएको रिपिटर स्टेशन। तस्बिर : लोकेन्द्र जोशी

नर्वाचनका लागि छाङरुमा सञ्चार 

दार्चुला, वैशाख १६ गते। स्थानीय तह निर्वाचनलाई मध्यनजर गर्दै व्यास गाउँपालिका-१ छाङरुमा स्काई फोन सेवा सञ्चालनमा ल्याउन लागिएको छ।

नेपाल टेलिकमको स्काई फोन सेवा सन् २०२२ बाट देशैभर फेजआउट गरिएको भए पनि निर्वाचनलाई मध्यनजर गर्दै छाङरुको सर्चिकोटमा रहेको स्काई फोन सेवा सञ्चालनमा ल्याउन लागिएको नेपाल टेलिकम दार्चुलाका प्रमुख कृष्णबहादुर गुरुङले जानकारी दिनुभयो।

छाङरुको सर्चिकोटमा हिउँदमा भारी हिमपात हुने भएकाले प्रत्येक वर्ष टावर मर्मत गर्नुपर्छ। हिमपातले खराब भएको टावर सञ्चालनका लागि केही दिनमा टेलिकम प्रमुख गुरुङको टोली छाङरु जाने तयारीमा छ। अहिले त्यस क्षेत्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको मात्रै उपस्थित छ। 

छाङरु र टिङ्कर गाउँका बासिन्दा सदरमुकाम खलंगाबाट गाउँमा कुञ्चा सर्ने तयारीमा छन्। स्थानीयसँगै भारतको बाटो भएर छाङरु जाने तयारी थालेका छन्। छाङरुमा नमस्ते फोन सेवाको टावर निर्माण गरिएको छ। तर, विभिन्न प्राविधिक समस्याले सञ्चालनमा आउन सकेको छैन।

छाङरुमा टावर सञ्चालनमा ल्याउनका लागि व्यास गाउँपालिका–४ कैचुलामा रहेको टावरलाई ब्रह्मलेकमा सारिएको छ। ब्रह्मलेकबाट छाङरु देखिने भएकाले डिभाइस जडानका लागि ब्रह्मलेकमा रिपिटर स्टेशन राखिएको बताइएको छ। छाङरुको ज्याक्ती डाडामा टेलिकमको नयाँ रिपिटर स्टेशन राखेर छाङरु गाउँमा रहेको नमस्ते फोन सेवाको फोरजी सञ्चालनमा ल्याइने उहाँले बताउनुभयो। 

छाङरुको ज्याक्तीमा नयाँ रिपिटर स्टेशन राख्ने काम स्थानीय तह निर्वाचन सम्पन्न भएपछि सुरु गरिने छ। व्यास गाउँपालिका–५ धौलाकोटमा टेलिकमको नयाँ टावर स्थापनाका लागि सर्भे गरिने भएको छ। धौलाकोट क्षेत्रमा राप्ला र पिपलचौरी दुबै क्षेत्रको टावरले काम नगर्ने भएपनि त्यहाँ नयाँ टावर स्थापना गरिने टेलिकम दार्चुलाका प्रमुख गुरुङले बताउनुभयो।