• १९ असार २०८१, बुधबार

मालपोत अधिकृतविरुद्ध मुद्दा दायर

blog

काठमाडौं, वैशाख १६ गते। भूमिसुधार तथा मालपोत कार्यालय, जनकपुरधाम, धनुषाका निमित्त कार्यालय प्रमुख सुनिलकुमार झाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। 

झाले घुस लिएको आरोप अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो।

आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले झालाई भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरिएको जानकारी दिनुभयो। मालपोत अधिकृत रहेका झाले जग्गासम्बन्धी मुद्दाको फैसला सुनाएबापत सेवाग्राहीसँग पाँच लाख रुपियाँ घुस लिएको आरोप आयोगले लगाएको छ।