बूढानीलकण्ठ नगरपालिका वार्ड नम्बर– १ को मतपरिणाम सार्वजनिक भएको छ । निर्वाचन अधिकृतको कार्यालय बुढानिलकण्ठले सार्वजनिक गरेको सूचना अनुसार ८४५ मत ल्याएर नेकपा (एमाले)का उम्मेदवार सुरेन्द्र लामा निर्वाचित हुनु भएको छ ।
जोमसोमबाट उत्तर र पूर्वतिर लागेपछि पहाड आफैँ बनेको छ– असीम कलाको अनुपम आकृति । कैयौँ खेल चलिरहेछन् पहाडमा । जनावर, मान्छे, सागर, सगर, धर्ती र समयका सबै खेल देखिन्छन् कुमारी पहाडमा । केही नभएर सबै देखिनु, सबै भएर केही नदेखिनु एउटा विचित्र शक्ति छ मुस्ताङे पहाडमा । हामी मुक्तिनाथनजिकैको रानीपौवामा खाना खाएर झोङ गाउँतिर लागेका छौँ । मुक्तिनाथबाट उत्तर पश्चिमतिरको अग्लो पहाडको काखमा छ झोङ गाउँ । पारि खिङ्गा गाउँतिरबाट र झारकोट गाउँबाट हेर्दा झोङ गाउँ पहाडमै टाँसिएका उडिल्ला ढुङ्गा अथवा खोँचमा उम्रिएको काठे च्याउको जत्थाजस्तो देखिन्छ । माटाकै गाह्रो, माटाकै जोडाइ, माटाकै छानो भएपछि पहाडकै प्रतिमूर्ति देखिने भै’गो घर ।
उड्न सक्नु चराको प्राकृतिक विशेषता हो । चराको यही बानीबाट प्रभावित भएर मान्छेले उडान भर्न सक्ने प्रविधि र यन्त्रको विकास गरेको होला । आज मान्छे पनि आकाशमा चराजस्तै उड्न सक्ने भएका छन् तर अझै पनि चराले गर्नेजस्तो नियमित र लामो दूरीको उडान, उडानको बेला बाटो पहिल्याउने तरिका, गन्तव्यको पूर्वजानकारी पाउने माध्यमजस्ता तथ्य भने पहिल्याउन सकिएको छैन ।
झापाका स्थानीय तहहरुको मतगणना बिहानैदेखि सुरु भएको छ । झापामा शुक्रबार भएको निर्वाचनमा दुई लाख १७ हजार ४०५ पुरुष र २ लाख ३८ हजार ७१ महिला गरी कूल चार लाख ५५ हजार ४७६ जनाले मतदान गर्नु भएको थियो ।
जिम्बाब्वेको ‘ए’ टिमसँग टी–२० र एकदिवसीय तीन–तीन खेलको शृङ्खला खेल्ने घोषणा हुँदा नेपालले शृङ्खला जित्ने सम्भावना देख्ने शायद कमै थिए किनभने नेपालले पहिलो पटक अहिलेसम्मकै बलियो प्रतिस्पर्धीसँग शृङ्खला खेल्न लागेको थियो । जिम्बाब्वे टेस्ट मान्यताप्राप्त राष्ट्र हो । हुन त जिम्बाब्वेको दोस्रो दर्जाको टिम हुँदा यो अन्तर्राष्ट्रिय मान्यताप्राप्त शृङ्खला थिएन । नेपाल आउने जिम्बाब्वेको ‘ए’ टिममा स्टार खेलाडी पनि थिएनन् तर आठ जना त्यस्ता खेलाडी थिए, जसले जिम्बाब्वेको राष्ट्रिय टिमबाट टेस्ट अथवा एकदिवसीय खेल खेलिसकेका थिए । त्यसैले घरेलु मैदानमा नै भए पनि जिम्बाब्वेको चुनौती पार गर्न नेपाललाई कठिन हुने अनुमान गरिएको थियो तर नेपालले आफ्नो भूमिमा जिम्बाब्वे ‘ए’लाई शृङ्खला जित्न दिएन । वर्षाका कारण दुई खेल मात्र सम्भव भएको तीन खेलको टी–२० शृङ्खलामा नेपाल १–१ ले बराबरीमा रोकियो तर नेपालले एकदिवसीय शृङ्खला २–१ ले हात पारेर यस शृङ्खलालाई अविष्मरणीय बनायो । जिम्बाब्वे ‘ए’ टिमलाई हराएपछि नेपालको प्रशंसा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले समेत गरेका छन् ।
बाजुराको बूढीगङ्गा नगरपालिकाका तिलक जोशी बङ्गुरपालन व्यवसायमा रमाउनुभएको छ । बङ्गुरलाई दाना पानी खुवाउने र खोर सफा गर्ने उहाँको दैनिकी बनेको छ । उहाँको यो दिनचर्या चलेको झन्डै तीन वर्ष भयो । तीन वर्षअघि स्नातकोत्तर पढाइ सकेर घर फर्केपछि उहाँ यो पेसामा लाग्नुभएको हो ।
लुम्बिनी प्रदेशमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ । जिल्ला समाचारदाताहरूका अनुसार मतदानमा मतदाता उत्साहपूर्ण रूपमा सहभागी भए । मतदानपछि गणना स्थलमा मतपेटिका लैजाने काम भएको छ । रातिदेखि नै गणना गर्ने तयारी गरिएको छ ।
अपाङ्गता भएका व्यक्तिले मतदान गर्ने क्रममा निकै सास्ती खेप्नु परेको छ । निर्वाचन आयोगले अपाङ्गता भएका व्यक्तिका लागि सहज व्यवस्थापन गर्न परिपत्र जारी गरे पनि त्यसको व्यावहारिक प्रयोग भने हुन सकेको देखिएन ।
प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणमा आगामी जेठ २ गते हुने भारतका प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदीको नेपाल भ्रमणका क्रममा बहुआयामिक विषयमा द्विपक्षीय छलफल हुने भएको छ । भारतीय विदेश मन्त्रालयले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा दुई देशबीच विकास निर्माण, व्यापार वाणिज्य, पर्यटनलगायका विषयमा दुई देशका प्रधानमन्त्रीबीच गहन छलफल हुने जानकारी दिइएको हो । भ्रमण एक दिने रहने भए पनि दुई देशका बहुआयामिक विषयमा दुई प्रधानमन्त्रीले मन्थन गर्नुहुने मन्त्रालयले उल्लेख गरेको छ ।
चालू आर्थिक वर्षको आठ महिनामा सल्यान जिल्लाबाट १२ करोड रुपियाँभन्दा बढीको कृषिजन्य वस्तु निकासी भएको छ । कृषि विकास कार्यालय सल्यानका सूचना अधिकारी रमेशकुमार बस्नेतले यस अवधिमा कपुरकोट कृषि उपज केन्द्रबाट १२ करोड सात लाख २६ हजार ५५ रुपियाँको कृषिजन्य वस्तु जिल्लाबाहिर गएको जानकारी दिनुभयो ।
संस्थाले खटाएअनुसार वा सामाजिक, सांस्कृतिक वा प्रशासनिक आधिकारिकता भएको व्यक्तिले अह्राएअनुसार सार्वजनिक स्थलमा सूचनाको सार्वजनिक सम्प्रेषण गर्ने व्यक्तिलाई नेपाली परम्परागत समाजमा कटुवाल भनिएको पाइन्छ । त्योसँग सम्बद्ध प्रथाला
सामाजिक सञ्जालले संसारलाई एउटै घर र संसारका मानिसलाई एकै परिवारका सदस्यजस्तो बनाएको छ । संसारका फरक–फरक, रमाइला–रमाइला, अनौठा–अनौठा परम्परा, रीतिरिवाज, चालचलन, कला, संस्कृति, संस्कारबारे जानकारी लिन, बुझ्न, सिक्न सजिलो भएको छ । विश्वको जुनसुकै स्थानबाट ज्ञान आदानप्रदान गर्न सकिएको छ ।
उड्न सक्नु चराहरूको प्राकृतिक विशेषता हो । चराहरूको यही बानीबाट मोहित र प्रभावित भएर मान्छेले पनि उडान भर्न सक्ने प्रविधि र यन्त्रहरूको विकास गरिरहेका छन् । चराको उडान विज्ञानलाई पछ्याउँदै विकसित गरिएको प्रविधिको सहायताले आज मान्छे पनि आकाशमा चराजस्तै उडन सक्ने भएका छन् तर अभैm पनि चराहरूले गर्नेजस्तो नियमित र लामो दूरीको उडान, उडानका बेला बाटो पहिल्याउने तरिका, गन्तव्यको पूर्वजानकारी पाउने माध्यम जस्ता तथ्य भने रोचकताको गर्भभित्रै लुकेका छन् ।
गाँस, बास र कपासको सर्वसुलभ व्यवस्था मानव समाजको आधारभूत आवश्यकता हो । नेपालजस्तो विकासोन्मुख मुलुकका लागि यो स्वाभाविक छ । खान र लगाउन पुगेपछि मानिस आराम चाहन्छ । समुन्नत विकासको चाहना त्यसपछिको प्राथमिकता हो ।
स्थानीय तहका लागि शुक्रबार मतदान गरेपछि प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रश्न गर्नुभयो, “केपीजीले पनि मतदान गर्नुभयो होला नि ?” डडेल्धुरा जिल्लाको गन्यापधुरा गाउँपालिकाको असिग्राम मावि रुवाखोलामा रहेको मतदान केन्द्र ‘ख’बाट मतदान गरेपछि सञ्चारकर्मीहरूलाई सोध्नुभएको यो प्रश्न केवल प्रश्न मात्र थिएन ।