• १३ साउन २०८१, आइतबार

हुुम्लामा ७९ प्रतिशत मत खस्यो

blog

हुुम्ला, वैशाख ३१ गते । हुुम्लामा ७९ दशमलव चार प्रतिशत मत खसेको छ । यो सङ्ख्या हिजो वैशाख ३० गते खसेको जिल्लाका सात वटै गाउँपालिकाका ४४ वटा वडाको हो । 

जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी श्यामबहादुुर रानाका अनुुसार यस पटकको स्थानीय तह निर्वाचनमा हुुम्ला जिल्लामा ७९ दशमलव चार प्रतिशत मत खसेको छ । गाउँपालिका अनुुसार नाम्खा गाउँपालिकामा दुुई हजार ३७१, सिमकोटमा पाँच हजार ३६७, खार्पुनाथमा तीन हजार १२४, सर्केगार्डमा पाँच हजार २५४, चङ्खेलीमा दुुई हजार ६९६, अदानचुलीमा तीन हजार ९३१ र ताँजाकोट गाउँपालिकामा तीन हजार ३१ मत खसेको छ । हुुम्ला जिल्लामा कुुल खसेको मत सङ्ख्या २५ हजार ७५४ खसेको छ ।

जिल्लाको कुल मतदाता सङ्ख्या ३२ हजार ६८१  थियो । 


Author

राजन रावत