प्रेम अधिकारी पशुपतिनगर(इलाम), बैशाख ३१ गते । इलामको देउमाई नगरपालिकामा झडप भएको छ । झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ३ राउण्ड हवाई फायर गरेको छ । मतगणना स्थलमा नगरपालिकाका एकजना कर्मचारीको साथमा स्वस्तिक छाप र मोबाइल भेटिएपछि विवाद उत्पन्न भएको थियो । विवादले उग्ररुप लिएपछि झडपको अवस्था आएको हो । आक्रोशित भीडले नगरपालिकाको कार्यालय तोडफोड गरेको छ । झडपमा केही म्यादी प्रहरी घाइते भएका छन् । गठबन्धन दलका नेता कार्यकर्ताले पुनः मतदानको माग गरेका छन् । नेकपा एमालेले सेटिङ गरेको भन्दै गठबन्धनमा रहेका दल नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रले नाराबाजीसहित विरोध गर्न थालेपछि मतगणना रोकिएको थियो । उनीहरुले निर्वाचन अधिकृत र प्रहरी बिरुद्ध नाराबाजी गरिरहेपछि मतगणनास्थल अशान्त बनेको थियो । एक पक्षिय रुपमा मतगणना भएका गठबन्धन दलले आरोप लगाएका छन । इलामका प्रहरी प्मुख एसपी महेन्द्रकुमार श्रेष्ठले स्थितीलाई नियन्त्रणमा लिन हवाई फायर गर्नु परेको जानकारी दिनुभयो । मतगणना स्थल अगाडि धाँदली भएको भन्दै एक व्यक्ति अन्सनमा बस्नुभएको छ । निर्वाचन अधिकृत हरीबहादुर दाहालले भिड शान्त भएपछि दलहरुसँग छलफल गरिने जानकारी दिनुभयो । देउमाईमा मेयरका उम्मेद्धवार एमालेका सूर्य पोखरेल र गठबन्धनबाट काँग्रेसका होम दुलालबीच प्रतिष्पर्धा भैरहेको छ । प्रारम्भिक मतगणनामा गठबन्धनले अग्रता लिएको छ ।
स्थानीय तहको निर्वाचनअन्तर्गत पर्वका ७ वटै स्थानीय तहहरुको मत गणना सुरु भएको छ ।
चित्र मिजारसिन्धुपाल्चोक, वैशाख ३१ गते । सिन्धुपाल्चोकको १०३ वडामध्ये नेपाली काँग्रेसले बाह्रबिसे नगरपालिका–१ मा प्यानलसहित विजयी भएर खाता खोलेको छ ।बाह्रबिसे नगरपालिकाको १ घोर्थलीमा अध्यक्ष पदमा काँग्रेसका उम्मेद्वार आङदोर्जे शेर्पा ४१५ मत ल्याएर प्यानलसहित विजयी भएका छन् । उहाँको निकटम प्रतिद्वन्द्वी एमालेका उम्मेद्वार प्रेमकुमार मगरले २२७ मत ल्याएर पराजय भएका छन् । एउटै व्यक्तिले दुई पटक मतदान गरेपछि एमाले–काँग्रेसको झडपले लामो समय रोकिएको मतदान सर्वदलीय सहमतिपछि शुक्रबार पुनः सुरु गरिएको थियो । सो वडामा ९२७ मतदातामध्ये भारी मत ल्याएर शेर्पा विजयी भएका छन् ।
धनुषास्थित जनकपुरधाम उपमहानरपालिकामा मतगणना सुरु भएको छ । जनकपुरधास्थित निधि भवनमा शनिबार बिहानदेखि मतगणना सुरु भएको हो ।
राजन रावतहुुम्ला, वैशाख ३१ गते । दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिकाको वडा नम्बर १ र ५ मा नेकपा माओवादी केन्द्र पुुरै प्यानल सहित बिजेता भएको छ । ताँजाकोट गाउँपालिका लागि खटिनुुभएका सहायक निर्वाचन अधिकृत प्रेमबहादुुर सिंहका अनुुसार वडा नम्बर १ मा मनलाल रिठाल र ५ मा मंगल नेपालीको प्यानल नै निर्वाचित भएको छ ।वडा नम्बर १ रिठालले २२३ मत ल्याएर बिजयी हुनुभएको छ भने उहाँसँग एमालेका हिक्मतजङ खड्का पराजित हुुन भएको छ । उक्त वडामा ४५७ मत खसेको थियो । त्यसैगरि वडा नम्बर ५ को अध्यक्षमा नेपालीले ३०७ मत प्राप्त गरेर विजयी भएको हो । एमालेसँग रत्नलाल बुढा पराजित हुनुु भएको छ । उक्त वडामा ४८० मत खसेको थियो । निर्वाचन अधिकृतको कार्यालयले औपचारिक घोषणा गर्न भने बाँकी रहेको छ ।
भरतपुर महानगरपालिकाको मतगणना सुरु भएको छ ।शनिबार मध्याह्नदेखि महानगरको वडा नम्बर १ को रामनगर मावि र आदिकवि भानु माविको केन्द्रबाट मतगणना सुरु भएको हो ।
मिना कँडेल, बैशाख ३१ गते नवलपुरको पहाडी गाउँपालिका बुलिङटार वडा नं १ मा नेपाली कांग्रेसको प्यानल नै बिजयी भएको छ ।नेपाली कांग्रेस वडा नं १ का वडा अध्यक्ष पदका उम्मेद्वार डिलबहादुर सूर्यवंशीले ७७३ मत ल्याएर विजयी हुनुभएको छ उहॉका निकटतम प्रतिद्दन्दी नेकपा एमालेका उम्मेद्वार खेमबहादुर डिसुवाले ६०१ मत प्राप्त गर्नु भएको छ ।त्यसैगरी सदस्य पदमा कमला अस्लामी मगर , थमिसरा बिक, कान्त बहादुर आले, लाल बहादुर गरंजा बिजयी हुनुभएको छ। त्यस्तै गरी नेपाली कांग्रेसका अध्यक्ष पदका उम्मेद्वार शशिकिरण बास्ताकोटीले ६४४ मत प्राप्त गर्नु भएको छ भने नेकपा एमाले अध्यक्षका उम्मेद्वार दिपेन्द्र सुनारी मगर ७४४ मत प्राप्त भएको छ ।
काठमाडौं, वैशाख ३१ गते । काठमाडौं महानगरपालिकाका मतगणना शुरु भएको छ ।सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका सिर्जना सिंह र नेकपा (एमाले)का केशव स्थापितबीच महानगरप्रमुखको लागि कडा प्रतिष्पर्धा भएको छ । त्यसैगरी, विभिन्न राजनीतिक पार्टीहरुसहित स्वतन्त्र उम्मेदवार बालेन शाह पनि प्रमुख पदको लागि प्रतिष्पर्धामा हुनुहुन्छ ।
डोल्पाको ठूलिभेरी नगरपालिका–१ को वडा अध्यक्षमा नेपाली काँग्रेसका तेजेन्द्रबहादुर रोकाया विजयी हुनुभएको छ । शुक्रबार सम्पन्न भएको स्थानीय तह निर्वाचनमा रोकायाले १०७ मत ल्याएर विजयी हुनुभएको हो ।
पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकामा मतगणना जारी छ । वडा नम्बर १ र ११ नम्बरको करिव १२०० मत गणना गर्दा नेपाली कांग्रेसले अग्रता लिएको छ ।
कुमाख गाउँपालिका वडा नं. १ मा माओवादी केन्द्रका डिल्ली राना विजयी हुनु भएको छ । रानाले ६०८ मत प्राप्त गर्नुभएको छ भने भने उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेस–एमाले गठबन्धनको तर्फबाट कांग्रेस उम्मेदवार प्रेमबहादुर बुढाथोकीले ४८० मत प्राप्त गर्नुभएको हो ।
म्याग्दीको बेनी नगरपालिकासहित जिल्लाका पाँच स्थानीय तहमा मतगणना सुरु भएको छ । जिल्लाको एकमात्र बेनी नगरपालिकामा केही समय अघिदेखि मतगणना सुरु भएको हो ।
केदार तिमल्सिना बनेपा, बैशाख ३१ गते । काभ्रेको धुलिखेल नगरपालिकामा नेपाली काँग्रेसले विजयी सुरुवात गरेको छ । धुलिखेल नगरपालिकाका निर्वाचन अधिकृतको कार्यालयका अनुसार धुलिखेल नगरपालिका– १ को वडा अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार सन्तबहादुर लामा ५७३ मत ल्याई विजयी भएको जनाएको छ । कार्यालयका अनुसार धुलिखेल नगरपालिका–१ को महिला सदस्यमा नेपाली काँग्रेसका उम्मेदवार चन्द्रमाया तामाङ (५५२ मत), दलित महिला सदस्यमा काँग्रेसकै गोमा विश्वकर्मा (५४७ मत), खुल्ला सदस्यमा काँग्रेसकै दिपक घोरासाईने (५२० मत) र अर्को खुल्ला सदस्यमा एमालेका लाक्पा लामा (४८५ मत) विजयी हुनुभएको छ । यसैगरी धुलिखेल नगरपालिका वडा नम्बर ६ को दलित महिला सदस्यमा एमालेकी पार्वती विश्वकर्मा निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मनाङको मनाङ ङिस्याङ गाउँपालिकामा नेकपा (एमाले) का उम्मेदवार कान्छा घले विजयी हुनु भएको छ ।
कुमाख गाउँपालिका वडा नम्बर ७ मा नेकपा (माओवादी केन्द्र)का डम्बर शाही विजयी हुनु भएको छ ।