• १३ साउन २०८१, आइतबार

काभ्रेको बनेपा, धुलिखेल, भुम्लु र मण्डनदेउपुरमा मतगणना सुरु

blog

तस्विर : बनेपा नगरपालिकामा मत गणना गरिँदै । तस्विर सौजन्य : देवराज केसी

बनेपा, बैशाख ३१ गते । स्थानीय तह निर्वाचन अन्र्तगत शनिवार बिहानदेखि काभ्रेमा मतगणना सुरु भएको छ । १३ वटा स्थानीय तह रहेको काभ्रेमा धुलिखेल नगरपालिका, बनेपा नगरपालिका, मण्डनदेउपुर नगरपालिका र भुम्लु गाउँपालिकामा मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय काभ्रेले जनाएको छ । 

शनिवार बिहानसम्म जिल्लाको बेथानचोक गाउँपालिकामा दुई सय मतको गणना भएको छ । हालसम्म उक्त पालिकामा पालिकाको अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवारले १०४ मत, एमालेका उम्मेदवारले ८० मत, उपाध्यक्ष एमालेको ८१, माओवादी केन्द्रका उम्मेदवारले ८१ मत ल्याएका छन् । यसैगरी वडा नम्बर १ का वडा अध्यक्षमा एमालेकाले १०७ र काँग्रेसका उम्मेदवारले ८८ मत ल्याएका छन् । यसैगरी जिल्लाको धुलिखेल नगरपालिकामा पनि शनिबार बिहान १ बजेबाट मतगणना सुरु भएको हो । बिहान ८ बजेसम्म नौ सय मतगणना हुँदा नगर प्रमुखमा काँग्रेसका बागी उम्मेदवारको ४०६, एमालेका उम्मेदवारको ३४३ मत, उपप्रमुखमा काँग्रेसको ४०९, एमालेको ३५५ मत र वडाध्यक्षमा काँग्रेसका उम्मेदवारको ४०४ र एमालेको उम्मेदवारको ३४२ मत रहेको छ । 

यसैगरी जिल्लाको बनेपा नगरपालिकामा बिहान ८ बजेसम्म ४९३ मत गणना भएको छ । उक्त मत गणनामा नगर प्रमुखमा एमालेका उम्मेदवारको २३५, काँग्रेसका उम्मेदवारको १९० मत, उपप्रमुखमा एमालेको २३३, एकिकृत समाजवादीका उम्मेदवारको १५३ मत, वडा अध्यक्षमा एमालेको २२८ र काँग्रेसको २०२ मत पाएका छन् । जिल्लाको भुम्लु गाउँपालिकाको वडा नम्बर १ को ४९० मत गणना भएके छ । हालसम्म अध्यक्ष पदमा गठबन्धनका उम्मेदवारले २१७, एमालेका उम्मेदवारले १८९, उपाध्यक्षमा गठबन्धनका उम्मेदवारको २१७ र एमालेको उम्मेदवारले १३९ मत प्राप्त गरेका छन् । वडा अध्यक्षमा माओवादीका उम्मेदवारको २६६ र एमालेका उम्मेदवारको १४१ मत  छ ।

जिल्लाको मण्डनदेउपुर नगरपालिकामा बिहान ८ बजेसम्म करिब २ सय मतगणना भएको छ । काभ्रेका मुख्य निर्वाचन अधिकृत मोहनराज भट्टराईले केही स्थानीय तहको मतगणना सुरु भएको र केही स्थानीय तहमा सर्वदलीय बैठक बसेपछि मतगणनाको काम सुरु हुनेछ । जिल्लाको पाँचखाल नगरपालिकाको एक मतदान केन्द्रको निर्वाचन स्थगित भएको हुनाले पाँचखाल नगरपालिकाको भने मत गणना तत्काल हुनेछैन । 

Author

केदार तिमल्सिना