• १३ साउन २०८१, आइतबार

बूढानीलकण्ठ– १ मा एमालेका लामा विजयी

blog

काठमाडौं, वैशाख ३१ गते । बूढानीलकण्ठ नगरपालिका वार्ड नम्बर– १ को मतपरिणाम सार्वजनिक भएको छ । निर्वाचन अधिकृतको कार्यालय बूढानीलकण्ठले सार्वजनिक गरेको सूचना अनुसार ८४५ मत ल्याएर नेकपा (एमाले)का उम्मेदवार सुरेन्द्र लामा निर्वाचित हुनुभएको छ ।

त्यसैगरी प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार उत्तमकुमार खड्काले ४७३ मत ल्याउनुभएको थियो भने अध्यक्षकै उम्मेदवार नेकपा एसका श्याम तामाङले ५९ मत र नेकपा(माओवादी केन्द्र) की उम्मेदवार ललिता श्रेष्ठले २२ मत ल्याउनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

त्यसैगरी सोही वडाबाट दलित महिला सदस्यमा एमालेकै तर्फबाट उम्मेदवार बन्नुभएकी शर्मिला नेपालीले ८३२ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ ।