• १३ साउन २०८१, आइतबार

प्रहरीको गोलीबाट मृत्यु भएका युवाको शव अझै उठेन

blog

गाईघाट,वैशाख ३१ गते । प्रहरी चलाएको गोली लागेर मृत्यु भएका १८ वर्षीय बीरवहादुर कटुवालको शव अझै उठेको छैन । मृत्यु भएको १४ घण्टा बिते पनि स्थानीयवासीले प्रशासनसँग असन्तुष्टि जनाउँदै आन्दोलित भएपछि शव उठ्न सकेको छैन । 

शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचका क्रममा कटारी नगरपालिका वडा नम्बर १० स्थित जनता कालिका माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदाताले होहल्ला गर्न थालेपछि भीड नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो । मतदान सम्पन्न हुने अवस्थामा मतदान प्रकृया बिथोल्न खोजे पछि प्रहरीले हवाइफायर गरेको थियो । उक्त क्रममा स्थानीय एक युवाको गोली लागेर मृत्यु भएको थियो भने १३ वर्षीय बालक मोहन श्रेष्ठको खुट्टा भाँचिएको छ । 

यता स्थानीय प्रशासनले भने घटनालाई साम्य बनाउने र स्थानीयबासीको माग पुरा गरी युवाको शव उठाउन लगाउने, मतपेटिका सङ्कलन गर्ने भन्दै सर्वदलीय बैठकको आव्हान गरेको प्रहरी उपरीक्षक सुवासचन्द्र बाेहोरा जानकारी दिनुभयो । अहिले प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवसहित जिल्लाका उच्च सुरक्षा अधिकारीहरु घटनास्थलमा पुगिसकेको उहाँले जानकारी दिनुभयो । 

यता त्रियुगा नगरपालिका बडा नम्बर १२ मा भने निर्वाचन रद्द भएको छ । विवादपछि निर्वाचन प्रक्रिया नै रद्द गरिएको र थप निर्णयका लागि केन्द्रीय आयोगमा पत्राचार गरिएको मुख्य निर्वाचन अधिकृत दीपक खनालले जानकारी दिनुभयो । 


Author

भक्तिविलास पोखरेल