• १० मंसिर २०८१, सोमबार

झोङ गाउँको खल्वाट टाउको

blog

डा. दामोदर पुडासैनी ‘किशोर’

जोमसोमबाट उत्तर र पूर्वतिर लागेपछि पहाड आफैँ बनेको छ– असीम कलाको अनुपम आकृति । कैयौँ खेल चलिरहेछन् पहाडमा । जनावर, मान्छे, सागर, सगर, धर्ती र समयका सबै खेल देखिन्छन् कुमारी पहाडमा । केही नभएर सबै देखिनु, सबै भएर केही नदेखिनु एउटा विचित्र शक्ति छ मुस्ताङे पहाडमा । 

हामी मुक्तिनाथनजिकैको रानीपौवामा खाना खाएर झोङ गाउँतिर लागेका छौँ । मुक्तिनाथबाट उत्तर पश्चिमतिरको अग्लो पहाडको काखमा छ झोङ गाउँ । पारि खिङ्गा गाउँतिरबाट र झारकोट गाउँबाट हेर्दा झोङ गाउँ पहाडमै टाँसिएका उडिल्ला ढुङ्गा अथवा खोँचमा उम्रिएको काठे च्याउको जत्थाजस्तो देखिन्छ । माटाकै गाह्रो, माटाकै जोडाइ, माटाकै छानो भएपछि पहाडकै प्रतिमूर्ति देखिने भै’गो घर ।

मुक्तिनाथमा रुखहरू छन्, छिपछिपे जमिन छ र जमिनमा उभिएका छन् किसिम किसिमका वनस्पति । झोङ त्यस्तो छैन । खल्वाट टाउकोजस्तो नाङ्गो छ । बलिष्ठ मान्छेको नाङ्गो पिठ्युँजस्तो छ । बच्चालाई जीवन दिन चौबन्दी खोलेकी सुत्केरी आमाको लैनो स्तनजस्तो छ । कतै कतै कोठीमा उम्रेका रौँजस्ता उभिएका छन् ससाना रुखहरू । निख्खर नीलो आकाशलाई छेडुँलाझैँ उभिएका छन् सुनौला र रक्तिम पहाड । झारकोटभन्दा पूर्वतिरबाट संसार नै ढाकुँलाजस्तो गरेर हुत्तिएथ्यो हामीतिर एक डङ्गुर बादल । कागखोला नतरेरै फर्कियो ऊ मुक्तिक्षेत्रतिरै ।

छेङ्गुर गाउँ छोडेर अलि पश्चिमतिर पुगेपछि भेटियो झोङ गाउँ । सडकमा होइन, गोरेटामा बलजफ्ती गुडिरहेछ गाडी । जुनसुकै बेला घुसमुटिन सक्छ गाडी भन्ने आशङ्काले छोडेको छैन । मान्छेले मान्छे भेटेपछि मात्र रमणीय बन्छ संसार । ‘झोङ गाउँ रमाएको छ तपाईंलाई भेटेर’, गाउँको अघिल्तिर गल्छेडोमा गर्दनभरि खादा ओडाइदिनुभयो ‘घेम्बा रिम्बोछे’ ९मुखिया० झेवेङ सिङ्गी गुरुङ, छिरिञ्जिन गुरुङ र धोर्जे गुरुङहरूले । ‘टासी ढेलै’ ९नमस्कार० साटासाट भयो । माटाका ढिस्काजस्ता छत्तीस घर छन् झोङ गाउँमा ।

मेरो नाम केमी हो । नागरिकतामा धनबहादुर गुरुङ । उहाँको झेवेङ सिङ्गी हो । नागरिकतामा कमलबहादुर गुरुङ । “एक पटक अञ्चलाधीशले भने– तपाईंहरूको गाउँको नाम झोङ होइन, ‘सुन्दर बस्ती’ राख्नुहोस्, हामीले मानेनौँ । पहिचान परिस्थितिले जन्माउने हो । एउटा संस्कृति फैलाएर अर्को संस्कृति मार्नु अपराध हो नि, होइन रु” आक्रोश पोखियो झेवेङ सिङ्गीबाट । पहिचानलाई प्रोत्साहित गर्नु स्वतन्त्रता हुर्काउनु हो । पहिचान मास्नु विस्तारवादी नीति हो । 

माटो भएपछि केही न केही फल्छ, लगाउने अन्न र फल चिन्न सक्नुपर्छ, अब अरबको मरुभूमिले त फलाउन थालिसक्यो फल र अन्नका झुप्पाहरू । हामीले पनि फेर्नुपर्छ अब झोङको अनुहार । यी सेता डाँडामा फलफूलका लर्कन लाग्नेछन् कुनै दिन ।

केमीको घरको तल्लो तलामा चौँरी गाईका बाच्छा बाँधिँदो रहेछ । माथिल्लो तलामा बसेका छौँ हामीहरू । साँघुरा भए पनि सफा छन् कोठा । केमीले परिचय गराउनुभयो परिवारको । केमी एकाउन्न वर्षको, पत्नी छिमी भने बैसट्ठी वर्षकी हुनुहुँदो रहेछ । “तपाईंभन्दा एघार वर्ष जेठी हुनुहुँदो रहेछ तपाईंकी जहान,” हामीसँगै गएका एक मित्रले सोधे ।

“मेरो दाइ मेरी जहानभन्दा दुई वर्ष मात्र कान्छो हुनुहुन्थ्यो । बित्नुभयो । म र दुई भाइ छौँ ।” केमिको भनाइबाट थाहा भयो, बहुपति प्रथा कायमै रहेछ त्यतातिर । केमीको तुलनामा निकै बूढी देखिनुहुन्थ्यो छिमी । छिमीले हामीलाई चौँरी गाईको घिउको टीका लगाइदिनुभयो । हाम्रो आरोग्य र दीर्घ जीवनका लागि मन्त्र जप्नुभयो र बस्नुभयो ।

“यो खायो भने लेक लाग्दैन, जिउ तात्छ, थपी थपी पिउनुहोस्,” केमीकी जेठी छोरी छिरिङ डोल्माले भरिएका गिलास र थर्मसभरि भोटेचिया राखिदिनुभयो । हिमाली जडीबुटीबाट तयार गरिएको हुँदा मगमग वासना आइरह्यो भोटेचियाको । चौँरीको घिउ र सिधेनुनले नुनिलो लाग्दैथ्यो चिया । मुक्तिनाथ माथितिरका भीरहरूमा चरिरहेका नाउरका जस्ता चञ्चल र निर्दोष थिए डोल्माका आँखा । नीलगिरितिरबाट उफ्रिँदै झरेको खरायो जसरी उफ्रँदै काममा जुटिरहनुहुन्थ्यो डोल्मा । नायिका क्रिस्टिन स्टेवार्टको अभिनयले पटकपटक भुलाएको छ मलाई । काली सुन्दरी लेसली जोन्सको चुलबुले अनुहार र संसार भुलाउने आवाजले पटकपटक घचघच्याइरहन्छ मलाई । ती सबैको सुन्दरता र अभिनयलाई माथ गरेको छ डोल्माको मृदुल मुस्कानले । छिरिङ डोल्मा होइन, ध्यानमग्न बुद्धको प्रतिरूप देख्दैछु म उहाँलाई ।

“अक्षर म पनि चिन्छु अलि अलि तर अरू गाउँका दुई जनाले धेरै नै पढेको छ रु” केमीसँग गाउँ चिन्न खोज्दैछौँ हामी । “कति पढेका छन् तिनीहरूले रु,” मैले सोधेँ । “एक जनाले आठ, अर्कोले छ ।” त्यसैलाई धेरै पढेको भन्दा हामी हाँस्यौँ । 

“गाउँमा रोजगारी छैन । जौ, उवा, फापर फल्ने जग्गा धेरै छैन । हिँड्न सक्नेबित्तिकै कोही लद्दाख जान्छन्, कोही दिल्ली, कोही काठमाडौँ जान्छन्, कोही तिब्बत । काम नभएको ठाउँमा टिक्न सक्दोरहेनछ मान्छे । अलि अलि कमाएपछि गाउँ फर्कन्छ, कमाइ सक्छ, फेरि काममै जान्छ । बाँच्नका लागि जहाँसुकै भए पनि काम र खुसीका लागि आफ्नै ठाम चाहिने रहेछ । काम र आफ्नो ठामबाट विरक्तिएको मान्छेको मनलाई गाह्रो रहेछ सम्हाल्न ।” केमीका कुरा चाख लागेको छ सबैलाई । 

“सबै जम्मा भए चार सय जनाजति हुन्छन् यो गाउँका । अहिले खोज्ने भए मुस्किलले चालीस जना पनि भेटिँदैन । बेसहारा बूढाबूढीको थलो भएको छ गाउँ,” होलो धोर्जेजीले खोल्नुभयो यथार्थता । “करुको रोटी खानुहुन्छ, पकाउन लगाऊँ रु” आतिथ्यता केमीको । दिन ढल्किसकेकाले रोटी नपकाउन भन्यौँ हामीले । “सरकारले सडक ल्याइदिने हो भने हामीकहाँ पनि खैरे आउँथ्यो, विकास हुन्थ्यो, बरु हामी जनश्रमदान गथ्र्यौं, अलि छिटो गरिदिनुप¥यो हजुर ।” विदेशी पर्यटक भिœयाउने गाउँलेको मनसायलाई हाम्रोसामु राख्नुभयो छिरिन्जिन दाइले । स्याउ र अङ्गुर खेतीका लागि नर्सरी सुरु गरिसकेको, तरकारी खेती सुरु गरिसकेको र गाउँका बच्चा विद्यालय पठाउन थालेको कुरा उठे सबैबाट ।

“माटो भएपछि केही न केही फल्छ, लगाउने अन्न र फल चिन्न सक्नुपर्छ, अब अरबको मरुभूमिले त फलाउन थालिसक्यो फल र अन्नका झुप्पाहरू । हामीले पनि फेर्नुपर्छ अब झोङको अनुहार । यी सेता डाँडामा फलपूmलका लर्कन लाग्नेछन् कुनै दिन ।” दाइहरूको उत्साह बाक्लिँदै थियो र फैलिँदै थियो ।

हाम्रो कुराकानी रमाइलो मानेर सुन्दै हुनुहुन्थ्यो छिमी दिदी । हाम्रो गिलास रित्तिनेबित्तिकै थपिहाल्नुहुन्थ्यो भोटेचिया । बादलबाट निस्केको घामझैँ खिसिक्क हाँस्नुहुन्थ्यो कहिलेकाहीँ । जिल्ला विकास समितिले खनेको सडकले झोङ गाउँ पुग्न सजिलो भएको भने सबैले । हामी केमीको घरबाट बाहिरियौँ । घरहरूमा भ¥याङ होइन, एककाठे लिस्नु मात्र राख्ने चलनले उक्लन ओर्लन गाह्रो पर्ने हामीजस्ता बाहिरबाट जानेलाई । तल्लापट्टि दुई घर र अलि पर आधा भत्केको एउटा ठूलो घर रहेछ । त्यही घरको माझमा भुइँमै बसेका छन् पन्ध्र÷बीस जना । माझमा एउटा मान्छे लमतन्न सुतेको छ । एउटा मान्छे मातृभाषाको के–के मन्त्र भट्याउँदै घरी त्यो मान्छे वरिपरि घुम्ने, घरी पानी छर्कने, घरी रक्सी छर्कने र घरी बुद्ध भगवान्को मूर्ति ढोग्दै छ । उसको उफ्राइ धेरै माथिसम्मको देखिन्छ । बसेका दर्शक उनीप्रति असाध्यै झुकिरहेछन् । 

“यो के गरेको रु,” केमी र अरूलाई सोधेँ मैले । “यो सुतेको मान्छे बिरामी भएको धेरै भइसक्यो । उहाँ यो गाउँको ठूलो धामी हो । फुकेर र तन्त्र गरेर बिरामीको उपचार गर्दै हुनुहुन्छ ।” झेवेङ सिङ्गीले सजिलो पार्नुभयो भाषान्तरलाई । हनहनी ज्वरो आइरहेको रहेछ, पेट कुटुकुटु खाइरहेको छ भनेर अजारबजार गर्ने रहेछन् कहिलेकाहीँ । धामी भने देवता र उनको कुरा भइरहने र उनले आँटे देवतालाई भनेर सबै रोग निको पारिदिने पूmर्ति लगाउँदा रहेछन् । जे–जे दान, दक्षिणा र भेटी चढाउन परे पनि बिरामी निको पारिदिन प्रार्थना गर्दा रहेछन् उपस्थितहरू ।

हामीलाई देखेपछि अलि सशङ्कित बने धामी । “लौ भोलि हेरुँला, आजलाई यति नै भनेर घन्टी बजेपछि गुरुले कक्षा छोडेझैँ गरे धामीले ।” मैले छेकारो काटेँ र च्याप्प समातेँ उनको हात । “केही क्षण तपाईंसँग एक्लै कुरा गरुँ न,” आग्रह मेरो । “मेरो फुर्सद छैन, म हिँडिहाल्छु,” तर्कन खोज्छन् उनी । “म पनि धामी हुँ क्या, त्यसैले कुरा गर्न आँटेको,” आफ्नो परिचय ढाँटेरै खोतल्न खोजेँ उनलाई । धामी भन्ने ठानेपछि बल्ल तयार भए उनी मसँग भेट्न । बडेमाको ढुङ्गाको पछिल्तिर उभियौँ । हाम्रो कुराकानी राम्रै जम्यो । “हेर्नुस् त बाउबाजे तन्त्रमन्त्रमा लागेकाले आपूm लागियो । बेकारमा लाग्याजस्तो भइरहेछ अचेल ।” मनको कुरा खोलेझैँ बोलेँ । “मलाई पनि त्यस्तो लाग्छ । अरू पेसा नभएकाले यस्तो धामी बनियो । कुन बेला साँचो कुरा थाहा पाएर गोद्छन् । अस्ति पुटाक गाउँमा अस्पताल लान लागेका एक बिरामीलाई नलैजानु म ठीक पारिदिन्छु भनेँ । झारफुक गरेँ, भूत मन्छेँ । भुतुक्कै भयो बिरामी । ठोक्नुसम्म ठोके मलाई,” उनले भनेँ ।

भूतप्रेत भेटेको, बोक्सीसँग भिडेको, तातो पन्युँले डामेपछि डाकिनी मरेको कुरा बताएका थिए धामीले गाउँलेसँग । सुरुमा भेटेको वनझाँक्रीले सात दिनसम्म घनघोर जङ्गलभित्र राखेर झाँक्री विद्या सिकाएर पठाएको भने उनले । रोग निको पार्न सक्ने, शत्रु मार्न सक्ने, मन्त्रले कसैको पनि आँखा फुटाइदिन सक्ने गुड्डी हाँकेका थिए ।

धामी झाँक्रीले नै सबै कुरा गर्न सक्ने भए शत्रुमाथि विजय हासिल गर्न यति धेरै खर्च गरेर सेना किन चाहियो देशमा रु आजसम्म कसले मन्त्रद्वारा पानी पारेको छ, आगो निकालेको छ । तन्त्रमन्त्र, जादुटुना छ भनेर हातको सफाइ र ट्रिक गर्नेहरूको भने कमी छैन । 

“मैले त तन्त्रमन्त्र कहीँबाट सिकेको छैन । सिकेको भनेर झुक्याउने गरेको मात्र हुँ । तपाईंले अघि वनझाँक्रीबाट सिकेको भन्नुभयो, साँच्चै हो रु” “कहाँ सिक्नु नि रु हाम्रा बाजेले त्यसैगरी झुक्याए, बाले त्यसैगरी, म त्यही सिको गरेर यहाँसम्म आइपुगेँ,” उनले भनेँ । भूतप्रेत देखेँ भन्नेहरू मानसिक रोगी हुन् । मानसिक रोगीले नै विश्वास गर्दछन् भूतप्रेत, जादुटुना, पिशाच, डङ्किनीका चरित्रहरू । झोङजस्ता पवित्र र चोखा ठाउँहरूमा कसले मिसाइदिन्छ अन्धविश्वासको मन्द विष ।

“मलाई त धामीझाँक्री पेसा गर्न पटक्कै मन छैन । कति झुक्याउनु अरूलाई । थाहा पाए भने छाला काढेर नुनचुक लगाउँछन्,” डराएझैँ बोलेँ म । “तपाईं त जागिरे हुनुहुँदो रहेछ, झाँक्री नबने पनि चल्छ । मैले के गरी खानु, के गरी परिवार पाल्नु रु” उनलाई पनि ग्लानि रहेछ । “अरू नै काम गर्नुस् तपाईं । गर्ने काम धेरै पाइन्छन् । परिश्रम ग¥यो भने फल राम्रै, मन पनि राम्रै । अब झुक्याउने पेसा छोडौँ बुझ्नुभो । मचाहिँ आजैबाट छोड्छु,” प्रतिज्ञा दर्शाएँ मैले । “म पनि छोड्छु त्यसो भए,” ठीक ठाउँमा आए उनी ।

ओरालो लागेको घामको पहेँलो किरणले पहेँलो लेदोले छोपेझैँ देखिएका छन् खिङ्गा, झारकोट र मुक्तिनाथ माथितिरका पहाडहरू । हिउँ नै पनि सुनको लेदोझैँ जमेको देखियो पूर्वतिर थोराङ पासको चेपभन्दा माथितिर । घुर्मैलो पिठ्युँमा उदास बालक बोकेझैँ छ झोङ गाउँ । भर्खर भस्मे खनेर सम्याउन बाँकी उडिल्लो ड्याङजस्तो देखियो झोङ गाउँ । गाभिनु हावाले उन्नतोदर बनाउन खोजेजस्तो गहिराइ र शान्तिको मौन सङ्गीतमा सल्बलाइरहेछ झोङ गाउँ । पहेँलो संसारमा कलेजी वस्त्रहरू पहिरेर जीवनको अर्थ खोज्दैछन् झोङवासी ।