• ४ कात्तिक २०८२, मङ्गलबार

लक्ष्मीपूजा : देशभर विनाअवरोध विद्युत् आपूर्ति

blog

तस्बिर : रासस

काठमाडौँ, कात्तिक ३ गते।  ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले लक्ष्मीपूजाको दिन विद्युत् विद्युत् माग र आपूर्ति व्यवस्थापनको जानकारी लिन सोमबार साँझ नेपाल विद्युत प्राधिकरणको स्यूचाटारस्थित प्रेषण केन्द्रको नियन्त्रण कक्षको भ्रमण गर्नुभएको छ। 

ऊर्जा,जलस्रोत मन्त्रालयका सचिव चिरञ्जीवी चटौत, विद्युत नियमन आयोगका अध्यक्ष रामप्रसाद धिताल, मन्त्रालयका सहसचिव, विद्युत विकास विभागका महानिर्देशन, प्राधिकरणका कार्यकारी निर्देशक, उपकार्यकारी निर्देशहरुलगायत सम्मिलित टोली विद्युत् र आपूर्ति अवस्थाका बारेमा जानकारी लिएको थियो। 

विगत वर्षमा झै यस वर्ष लक्ष्मीपूजाका दिन मुलकभर विनाअवरोध विद्युत् आपूर्ति गर्न प्राधिकरण सफल भएको छ। प्राधिकरणले लक्ष्मीपूजाको दिन विद्युत अवरोध हुन नदिन मुलुकभर रहेका वितरण केन्द्र विद्युत गृहका प्रमुखहरु र त्यहाँ रहेका प्राविधिक कर्मचारीलाई तयारी अवस्थामा राखेको थियो। 

२०७३ सालको भदौमा कार्यकारी निर्देशकमा नियुक्त हुनुभएका घिसिङ नेतृत्वको टोलीले विद्युत माग र आपूर्तिको व्यवस्थापन गरी सोही वर्षको लक्ष्मीपूजाको दिनबाट परीक्षणका रुपमा काठमाडौं उपत्यकाबाट लोडसेडिङ अन्त्यको सुरुवात गरेको थियो।

लक्ष्मी पूजाकै दिन कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमासमेत फ्लड लाइट (राति खेल खेल्न मिल्ने बत्ती)को परीक्षण गरिएको छ ।  

तस्बिर : क्यान र रासस