शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
होमराज रानाभाट
नवलपरासी कार्तिक ४ गते। पुुर्वी नवलपरासीको अमलटारी सेक्टरमा भाले गैँडा मृत अवस्थामा फेला परेको छ।
चितवन राष्ट्रिय निकुञ्जको कोर एरियामा २५ वर्षको भाले गैँडा मृत फेला परेको हो। निकुञ्जको अमलटारी सेक्टरको कोर एरियाको बाँदरझुला क्षेत्रमा २५ वर्षको गैँडा मृत फेला परेको निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिनुुभयो।
थापाका अनुसार दलदलमा फसेर मरेको गैँडाको खाग र खुर सुरक्षित रहेको छ।
चितवन राष्ट्रिय निकुञ्जमा यो आर्थिक वर्षमा मरेको यो चौथो गैँडा हो। गत आर्थिक वर्षमा यहाँ २८ वटा गैँडा मरेका सूचना अधिकारी थापा मगरले बताउनुभयो।