• १३ साउन २०८१, आइतबार

झापाका पालिकाहरुको मतगणना सुरु

blog

दमक, वैशाख ३१ गते । झापाका स्थानीय तहहरुको मतगणना बिहानैदेखि सुरु भएको छ । झापामा शुक्रबार भएको निर्वाचनमा दुई लाख १७ हजार ४०५ पुरुष र २ लाख ३८ हजार ७१ महिला गरी कुल चार लाख ५५ हजार ४७६ जनाले मतदान गर्नुभएको थियो । 

जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार जिल्लामा ७०.४८ प्रतिशत मत खसेको छ । छ लाख ४६ हजार २३४ मतदाता रहनुभएको थियो । जिल्लाको दमक नगरपालिका, कमल गाँउपालिका, कन्काई नगरपालिका, हल्दिबारी गाँउपालिका, कचनकवल गाँउपालिका, बाह्दशी गाउँपालिका र भद्रपुर नगरपालिकामा बिहानैबाट मतगणना शुरु भएको छ ।

१५ वटा स्थानीय तह रहेको झापामा सबै स्थानीय तहमा शान्तिपूर्ण निर्वाचन सम्पन्न भएको र सबै पालिकामा मतगणनाको तयारी भइरहेको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसीकुमार नेपालले बताउनुभयो ।


 


Author

विष्णुप्रसाद पोखरेल