कवि गीता खत्रीको खण्डकाव्य ‘आमा हुन् आमा’मा आधारित रहेर रङ्गकर्मी अशेष मल्लको निर्देशन तथा परिकल्पनामा गीति नाटक ‘सपना अनेक–अनेक’ आजदेखि कालिकास्थानस्थित सर्वनाम थिएटरमा मञ्चन हुँदै छ । सर्वनामले पहिलो पटक गीति नाटक प्रस्तुत गर्न लागेको हो । विदेश पुग्ने सपना बुन्नेहरू, विदेशको माटोमा पुगे पनि आफ्नै देशको यादले रात–दिन तड्पिरहेकाहरूको कथा नाटकमा देख्न पाइनेछ । नाटकमा देशको माटोलाई आमाको विम्बका रूपमा प्रयोग गरिएको छ ।
रुस र इरान द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन तथा पारस्परिक सहयोग अभिवृद्धि गर्न सहमत भएका छन् । दुवै देशका राष्ट्रपतिबीच मङ्गलबार यहाँ भएको भेटवार्तामा त्यस्तो सहमति भएको हो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्कअनुसार अहिलेसम्म देशभर ६० प्रतिशत मात्रै धान रोपाइँ भएको छ । गत वर्ष यो बेलासम्म ९० प्रतिशतको हाराहारीसम्म रोपाइँ भएका थियो । यसपालि रोपाइँ किन ढिलो भयो भन्ने प्रश्नमा कृषि विभागका महानिर्देशक डा. रेवतीरमण पौडेल मुख्य कारण सिँचाइ (पानी)को अभाव बताउनुहुन्छ ।
नेपाल–चीन संयुक्त सीमा अनुगमन छिट्टै हुने भएको छ । केही दिनअघि बसेको सीमासम्बन्धी दुईदेशीय परामर्श संयन्त्रको बैठकमा संयुक्त सीमा अनुगमन गर्ने विषयमा सहमति भएको थियो । त्यसका लागि निकट भविष्यमै सीमा अनुगमन सुरु हुने भएको छ । तर कसरी गर्ने ? कसकसको सहभागिता रहने भन्ने ढाँचा तयार गर्न बाँकी थियो । परराष्ट्र प्रवक्ता सेवा लम्सालले अनुगमनको ढाँचा तयार पारेर चीनसँग संयुक्त सीमा अनुगमन छिट्टै हुने बताउनुभयो । परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “लामो समय भयो, दुई देशबीचको सीमा अनुगमन नभएको; त्यसैले पनि यो हुन लागेको हो ।”
उत्तरी हुम्लाका लामा समुदायबाहेक अन्य जातिका अविवाहित युवतीले लगाउने दौउडा लोप हुने अवस्थामा पुगेको छ । पछिल्लो पुस्ताका युवती सबै आधुनिक कुर्ता सलवार लगाउने र दौउडा कसैले नलगाउने भएपछि यो पोसाक लोप हुने अवस्थामा पुगेको हो ।
उत्तरी सीमा जोड्ने २६ किलोमिटर लामो बाह्रबिसे–चीन सडक मर्मत–सम्भार अभावमा जीर्ण बन्दै गएको छ । माथिबाट भेलबाढीसहित आएको पहिरो र तलबाट भोटेकोसी नदीले कटान गरेपछि सडक जीर्ण बन्न पुगेको हो ।
वैदेशिक रोजगारीमा वार्षिक एक सय जनाभन्दा कम श्रमिक पठाउने वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनी खारेजीमा पर्नबाट जोगिएका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद्को निर्णयबाट वैदेशिक रोजगार नियमावली (पाँचौ संशोधन), २०७६ मा भएको यससम्बन्धी व्यवस्था तत्कालका लागि हटाइएपछि म्यानपावर कम्पनी खारेजी हुनबाट जोगिएका हुन् ।
पाहुना टोली न्युजिल्यान्डले आयरल्यान्डविरुद्धको टी-२० सिरिज एक खेल अगावै जितेको छ । बेलफास्टमा बुधबार राति भएको खेलमा न्युजिल्यान्डले घरेलु टोली आयरल्यान्डलाई ८८ रनले हरायो । यससँगै न्युजिल्यान्डले तीन खेलको सिरिज २-० ले जितेको छ ।
सर्लाही सदरमुकाम मलङ्गवामा सडक विस्तारको काम पुनः रोकिएको छ । मलङ्गवामा जिविस चोकदेखि बजार क्षेत्र हुँदै पूर्व–पश्चिम हुलाकी राजमार्गसम्मको एक किलोमिटर सात सय मिटर सडक विस्तारको काम ठप्प भएको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपालको आर्थिक अवस्था श्रीलङ्काको बाटोमा जाँदै छ भनेर दुष्प्रचार गर्ने समूह नियोजित रूपमा लागेको बताउनुभएको छ । रोटरी क्लब अफ इटहरीको २६औँ पदस्थापन कार्यक्रममा नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री कार्कीले नेपालले श्रीलङ्काजस्तो जथाभावी वैदेशिक ऋण नलिएकोसमेत स्पष्ट पार्नुभयो । हाम्रो देशको आर्थिक अवस्था सुदृढ गर्न पर्याप्त विद्युत् उत्पादन गरेर भारतलगायतका देशलाई बेच्न सके मुलुकको आर्थिक समृद्धि हुने उहाँले बताउनुभयो । मन्त्री कार्कीले भारत र बङ्गलादेशमा बिजुली बेचेरै महिनामा अर्बौं कमाउन नेपाललाई गाह्रो नहुने बताउनुभयो ।
‘प्रारम्भ’ मानसाग्निका हाइकुहरू दार्शनिक हुन् । उहाँका लघुकविता बाह्य जगत् र अन्तरजगत्बीचको साक्षी हो । जापान देशको लोकसाहित्य या भनौँ पहिचान बोकेको लघुकविता हाइकु जसको नेपालीमा अर्थ प्रारम्भ हुन्छ ।
मुटुको शल्यक्रिया गर्दा आवश्यक पर्ने अक्सिजेनेटरको अभावमा बाँसबारीस्थित शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा मुटुको शल्यक्रिया नै बन्द भएको छ । यो समस्या अन्य अस्पतालमा पनि आउने सम्भावना छ तर यो अन्तर्राष्ट्रिय समस्या नै रहेको छ । रुस र युक्रेन युद्धका कारण कच्चा पदार्थको आपूर्ति कम भएका कारण अक्सिजेनेटरलगायतका स्वास्थ्य सामग्री अभाव हुन थालेको हो ।
नवलपरासी सदरमुकाम परासीको चर्को घाममा शिक्षक परमेश्वर धरिकार साइकल पछाडि झोलामा कागजपत्र बोकेर पसिना पुछ्दै दिनहुँ ओहोरदोहोर गरिरहनुहुन्छ । नवलपरासीकै एक प्राथमिक विद्यालयमा शिक्षकका रूपमा कार्यरत धरिकारलाई भेट्नेहरू अनौठो मान्छन् । विद्यालय समयबाहेक बिहान, बेलुका र बिदाको दिनमा उहाँको बास परासी बजारमै हुने गरेको छ । परासी बजारमा उहाँ शिक्षण पेसा वा ट्युसन पढाउनका लागि होइन, सूचनाको अधिकार (आरटीआई) पाउनका लागि यसरी दिनहुँ कुदिरहनुभएको हो ।
गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालले स्थानीय तहमा स्थायी नियुक्तिका लागि सम्बन्धित प्रदेश लोकसेवा आयोगबाट सिफारिस भई नआएसम्मका लागि करार सेवामा कार्यरत अनुभवी कर्मचारी नहटाउन सबै स्थानीय तहको ध्यानाकर्षण गराएको छ । महासङ्घले बुधबार अनुरोधपत्र जारी गरी अनुभवी र दक्ष कर्मचारी हटाउँदा सम्बन्धित गाउँपालिकाको कार्यसम्पादनमा समेत आँच आउने जनाएको छ ।
संयुक्त राष्ट्रसङ्घको आसन्न महासभामा नेपालले उच्च नेतृत्वसाथ सहभागिता जनाउने भएको छ । राष्ट्रसङ्घको महासभा आगामी भदौ २८ (१३ सेप्टेम्बर) देखि अमेरिकाको न्युयोर्कमा सुरु हुँदै छ ।