• १५ असार २०८१, शनिबार

‘प्रारम्भ’ मानसाग्निका दार्शनिक हाइकु

blog

काठमाडौँ, साउन ५ गते । ‘प्रारम्भ’ मानसाग्निका हाइकुहरू दार्शनिक हुन् । उहाँका लघुकविता बाह्य जगत् र अन्तरजगत्बीचको साक्षी हो । जापान देशको लोकसाहित्य या भनौँ पहिचान बोकेको लघुकविता हाइकु जसको नेपालीमा अर्थ प्रारम्भ हुन्छ । लेखक र पाठक मिलेर पूर्णताको खोज गर्ने यो साहित्य चिन्तन आफैँमा गौरवशाली छ । लयमा रमाउनेका लागि हाइकुले कम आन्नद देला तर चिन्तन र दर्शनको विशालताको थोपामा समुद्रको परिचय दिन चाहने यो जापानी लोकशैली आफैँमा मौलिक र महत्त्वपूर्ण छ । 

मानसाग्निको हाइकुसङ्ग्रह प्रारम्भ प्राच्य ज्ञान विज्ञान, योग, तन्त्र ध्यान साधना जस्ता कुरालाई हाइकु स्वरूपमा प्रस्तुत गरिएको छ । यो प्राच्य ग्रन्थहरूमा जस्तै भावनावाद गरिएको छ । यी दुई कुराले हाइकु परम्परामा मौलिक सोच देख्न सकिन्छ । समग्रमा यी हाइकु हाइकु सिद्धान्तमा आधारित भएर रचिएका छन् । जसमा अध्यात्म दर्शकअनुकूलको विचार र कलाको बीचमा सम्यक् संयोजन छ । ४७ पृष्ठमा रहेका यी हाइकु मानसाग्निका दार्शनिक चेतबाट निःसृत अमोल सिर्जना हुन् ।