• १८ कात्तिक २०८२, मङ्गलबार

राहदानीमा कुनै समस्या नहुने गरी काम गर्न निर्देशन

blog

प्रधानमन्त्री सुशीला कार्की परराष्ट्र मन्त्रालय र राहदानी विभागका अधिकारीहरुसँग । तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौं, कात्तिक १८ गते । प्रधानमन्त्री सुशीला कार्कीले राहदानी वितरणको अवस्थाबारे परराष्ट्र मन्त्रालय र राहदानी विभागका अधिकारीहरुसँग जानकारी लिनु भएको छ।

मन्त्रालय र विभागका अधिकारीहरुलाई आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बोलाएर राहदानी वितरणका विषयमा जानकारी माग गर्नुभएको हो।

प्रधानमन्त्री कार्कीले परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललगायत अधिकारीलाई राहदानीमा कुनै समस्या नहुने गरी काम गर्न निर्देशन पनि दिनुभयो। 

राहदानी अभाव हुने अवस्था आउन नदिन तत्काल विभिन्न वैकल्पिक योजनासहित अघि बढ्न उहाँको निर्देशन थियो ।