• १५ असार २०८१, शनिबार

नेपाल श्रीलङ्काको बाटोमा छैन : कार्की

blog

सुनसरी समाचारदाता

इटहरी, साउन ५ गते ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपालको आर्थिक अवस्था श्रीलङ्काको बाटोमा जाँदै छ भनेर दुष्प्रचार गर्ने समूह नियोजित रूपमा लागेको बताउनुभएको छ ।

रोटरी क्लब अफ इटहरीको २६औँ पदस्थापन कार्यक्रममा नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री कार्कीले नेपालले श्रीलङ्काजस्तो जथाभावी वैदेशिक ऋण नलिएकोसमेत स्पष्ट पार्नुभयो । हाम्रो देशको आर्थिक अवस्था सुदृढ गर्न पर्याप्त विद्युत् उत्पादन गरेर भारतलगायतका देशलाई बेच्न सके मुलुकको आर्थिक समृद्धि हुने उहाँले बताउनुभयो । मन्त्री कार्कीले भारत र बङ्गलादेशमा बिजुली बेचेरै महिनामा अर्बौं कमाउन नेपाललाई गाह्रो नहुने बताउनुभयो ।

युवालाई मुलुकभित्रै प्रोत्साहित गर्न र स्वदेशमै रोजगारी दिन सके देशको विकास र समृद्धिले सार्थकता पाउने पनि उहाँले बताउनुभयो । मुलुकको विकास र समृद्धिमा सरकारले अगाडि सारेका सकारात्मक र रचनात्मक कामको सफलताका लागि आमसामाजिक पक्षको भूमिका महत्त्वपूर्ण हुने पनि उहाँले स्पष्ट पार्नुभयो । कार्यक्रम रोटरी क्लब अफ इटहरीका अध्यक्ष संजोग पराजुलीको सभापतित्वमा सम्पन्न भएको थियो ।