नेपाल चिकित्सक सङ्घले स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन, २०७९ कार्यान्वयन गर्न सबै सरोकारवाला निकायहरु एकजुट हुनुपर्ने बताएको छ ।
सङ्घीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठकमा सभामुखले संसदीय छानबिन विशेष समितिको कार्यावधि थपसम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुहुने छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले विदेशमा मृत्यु भएका नेपालीहरुको शव ल्याउन कठिनाइ भइरहेको बताउनुभएको छ ।
ललितपुर महानगरपालिकाको नगर प्रहरी क्विक रेस्पोन्स टिमले पाँच वटा विद्युतीय स्कुटर सञ्चालनमा ल्याएको छ ।
नेकपा (माओवादी केन्द्र) का नेता एवम् पूर्व अर्थमन्त्री जनार्दन शर्माले संसदीय विशेष छानबिन समितिले सोधेका सबै प्रश्नको जवाफ दिएको बताउनुभएको छ।
बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सैनामैना नगरपालिका–२ सरौली संगमचोक बस्ने ४९ वर्षीय खेमप्रसाद भुसाल रहेका छन् ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को दोस्रो कार्यसमितिको बैठक स्थगित भएको छ । ललितपुरस्थित एन्फा मुख्यालयमा बिहीबार बसेको बैठक एजेण्डामा प्रवेश नै नगरी स्थगित भएको हो ।
सरकारले जयनगर–जनकपुर कुर्था रेल सेवा सञ्चालनमा आएपछि थप सेवा विस्तारको तयारी सुरु गरिएको छ । सम्भवतः साउन ३० गते देखि रेलको थप सेवा विस्तारको सुरुवात गर्ने गरी तयारी थालिएको जनाएको छ ।
फुकोट–कर्णाली जलविद्युत् आयोजनाले स्थानीयवासीलाई १० प्रतिशत सेयर दिने भएको छ । चार सय ८० मेगावाट क्षमताको उक्त आयोजनाले सेयर दिने निर्णय गरेको हो । प्रभावित क्षेत्र वा जिल्लाभरका बासिन्दालाई दिने भन्ने निर्णय चाँडै गरिने आयोजनाका प्रमुख हीरामन वाइबाले जानकारी दिनुभयो । “स्थानीयलाई सेयर दिने निर्णय गरिएको छ, प्रभावित क्षेत्रकालाई मात्र दिने कि जिल्लाभरकालाई दिने भन्ने निर्णय भएको छैन ।” आगामी वर्षदेखि निर्माण थालिने सो आयोजनाका सरकारले लगानी जुटाउने प्रयास गरिरहेको वाइबाले बताउनुभयो ।
संसदीय छानविन समितिले बोलाएपछि तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले बिहीबार बिहान समिति समक्ष वयान दिनुभएको छ । अर्थमन्त्रालयले तयारी गरेको बजेटको अन्तिम चरणमा अनधिकृत व्यक्तिको प्रवेश गरेर बजेट हेरफेर गरेको आरोप लागेपछि उहाँ माथि छानविन सुरु भएको छ ।
सरकारले ढुवानी खर्च बेहोरेपछि पहाडी क्षेत्रमा आयोडिनयुक्त नुनको माग बढ्दै गएको छ । नेपाल सरकारको कण्ठरोग नियन्त्रण कार्यक्रमअन्तर्गत आयोडिनयुक्त नुनको ढुवानी खर्च सरकारले बेहोरेपछि आयोडिनयुक्त नुन प्रयोग गर्नेको सङ्ख्यामा वृद्धि भएको हो ।
एक जना व्यङ्ग्यकारको कविता पत्रिकामा पढेपछि नेताजीको एक्कासि पारा चढ्यो उनले उत्निखेरै फोन गरेर व्यङ्ग्यकारको सातो खाए– “कोही नपाएर मलाईं तपाईंले
हरे, कति गारो रहेछ अमेरिकामा ! नेपालमा बस्नेहरूले हेर्दा छोराछोरीलाई अमेरिका पठाएपछि त आकाशबाटै बर्सन्छ भन्ठान्छन् । यहाँ भने हेर कस्तो ! बेलुका एघाह्र बजेसम्म काम गर्दा पुग्ने ठाउँमा रातको एक बजिसक्दा पनि घर फर्केकी होइन । छोरीलाई कति गाह्रो !
बोर भएको बेला ट्रान्सपर्थको बसलाई दुई डलर तिरेर हामी रेड क्लिफबाट बेलमोन्ट फोरम पुग्थ्यौँ– बहाना हुन्थ्यो सस्तोमा बस यात्रा, हिँड्दै गरेको बसबाट बाहिरको सुन्दर दृश्य । सस्तोमा बस यात्रा गर्न पाएकोमा म निकै खुसी हुन्थेँ; मीना म्याम जाँदा दुई आउँदा दुई गरेर चार डलर खर्च गर्न परेकोमा रिसाउनु हुन्थ्यो । भन्नु हुन्थ्यो,’ सधैँ किन जानुप¥यो घुम्न ? कसरी पुग्छ ?’ कसरी पुग्छ ? यो बडो जटिल प्रश्न हो । कोसँग होला र यसको उत्तर ? धेरै भयो मेरो मौन शक्तिले उहाँसँग कुनै प्रतिवाद गर्ने इजाजत दिन छोडेको ।
शब्द ओकल्न कविलाई आज सखारै समयले ओकली दिएछ । एक्लो कवि, आफ्नै शøयामा छटपटिँदै अहोरात्र बिहानीपख एक्कासि कविता बनेर कहिल्यै नब्युँतने निद्रा सुतेछ