• १३ असोज २०८१, आइतबार

प्रतिनिधिसभा बैठक जारी

blog

काठमाडौं, साउन ५ गते । सङ्घीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठकमा सभामुखले संसदीय छानबिन विशेष समितिको कार्यावधि थपसम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

बिहीबार दिउँसो १ बजेबाट जारी रहेको बैठकमा सभामुखले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १७७ बमोजिम गठित संसदीय छानबिन विशेष समितिको कार्यावधि थपसम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ ।

त्यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियसभामा उत्पत्ति भएको ‘‘तथ्याङ्क विधेयक, २०७६ माथि विचार गरियोस्’’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

यसैगरी, प्रतिनिधिसभामा उत्पति भएको ‘‘मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७६’’का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहित टेबुल गरिने छ ।

सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतमले सभामुखले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १७७ बमोजिम गठित संसदीय छानबिन विशेष समितिको कार्यावधि थपसम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘‘काठमाडौं उपत्यका सार्वजनिक यातायात (व्यवस्था) प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस्’’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको जानकारी दिनुभयो ।