शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, कात्तिक ११ गते । राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले पदबाट राजीनामा दिनुभएको छ ।
राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार डा. अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष कात्तिक ११ गते मङ्गलबारदेखि लागु एवम् स्वीकृत हुनेगरी आफ्नो पदबाट राजीनामा दिनुभएको हो ।
उहाँका अनुसार डा. अर्यालले सङ्घीय संसदका महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी ऐन, २०७५ को दफा ६ को खण्ड (क) बमोजिम राजीनामा दिनुभएको छ ।