• ७ जेठ २०८१, सोमबार

जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

blog

फाइल तस्बिर

रूपन्देही, साउन ५ गते । बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सैनामैना नगरपालिका–२ सरौली सङ्गमचोक बस्ने ४९ वर्षीय खेमप्रसाद भुसाल छन् ।

भुसालले ती बालिकालाई आफ्नै घरमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।