• १५ असार २०८१, शनिबार

राष्ट्रसङ्घीय महासभामा प्रम जाने सम्भावना

blog

काठमाडौँ, साउन ५ गते । संयुक्त राष्ट्रसङ्घको आसन्न महासभामा नेपालले उच्च नेतृत्वसाथ सहभागिता जनाउने भएको छ । राष्ट्रसङ्घको महासभा आगामी भदौ २८ (१३ सेप्टेम्बर) देखि अमेरिकाको न्युयोर्कमा सुरु हुँदै छ ।

त्यसमा नेपाल सरकारको उच्च नेतृत्वसहितको प्रतिनिधिमण्डलले सहभागिता जनाउने गरी तयारी सुरु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रवक्ता लम्सालले प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्व अपेक्षित रहेको बताउनुभयो । तथापि प्रधानमन्त्री नै जानुहुने वा अरू कोही जाने भन्ने विषयमा मन्त्रिपरिषद्ले गर्ने औपचारिक निर्णय नै आधिकारिक हुने उहाँले बताउनुभयो । विगतमा प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण हुने भनेर गृहकार्य भए पनि भ्रमण हुन सकेको थिएन । त्यस सवालमा लम्सालले त्यो भ्रमण हुन दुवै पक्षको अनुकूलता नभएकाले सम्भव नभएको प्रस्ट पार्नुभयो ।