• ८ जेठ २०८१, मङ्गलबार

न्युजिल्यान्डलाई एक खेल अगावै सिरिज

blog

काठमाडौं, साउन ५ गते । पाहुना टोली न्युजिल्यान्डले आयरल्यान्डविरुद्धको टी-२० सिरिज एक खेल अगावै जितेको छ । बेलफास्टमा बुधबार राति भएको खेलमा न्युजिल्यान्डले घरेलु टोली आयरल्यान्डलाई ८८ रनले हरायो । यससँगै न्युजिल्यान्डले तीन खेलको सिरिज २-० ले जितेको छ । 

न्युजिल्यान्डले दिएको एक सय ८० रनको लक्ष्य पछ्याएको आयरल्यान्ड १३.५ आभरमा सवै विकेटको क्षतिमा ९१ रनमा समेटियो । आयरल्यान्डका लागि मार्क एडियरले २७ रन बनाउनुभयो । पाउल स्ट्रर्लिङ २१ र कुर्टिस क्याम्पियरले १४ रन बनाउनुभयो । बलिङमा न्युजिल्यान्डका इस सोधी र मिचेल व्राकवेलले तीन तीन विकेट लिनुभयो । जाकोवी डुफाईले दुई र  लक्की फर्गुसनले एक विकेट झार्नुभएको थियो ।  

यसअघि पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा गुमाएर एक सय ७९ रन बनाएको थियो । न्युजिल्यान्डका लागि ड्यानी क्लेभरले अविजित ७८ रन बनाउनुभयो । फिना एलेनले ३५ र ग्लेन फिलिप्सले २३ रन जोड्नुभयो । घरेलु टोलीका आयरल्यान्डका लागि काग्री योग र जोस लिटिलले दुई दुई विकेट लिनुभयो । यसअघि पहिलो खेलमा न्युजिल्यान्ड ३१ रनले विजयी भएको थियो । तेस्रो तथा अन्तिम खेल शुक्रबार हुनेछ । एजेन्सी