• १५ असार २०८१, शनिबार

सम्बन्ध सुदृढ पार्न रुस र इरान सहमत

blog

तेहरानमा मङ्गलबार राष्ट्रपति भ्लादिमिर पुटिन र राष्ट्रपति इब्राहिम राइसीबीच भएको भेटवार्ता । तस्बिर : एपी

तेहरान, साउन ५ गते ।   रुस र इरान द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन तथा पारस्परिक सहयोग अभिवृद्धि गर्न सहमत भएका छन् । दुवै देशका राष्ट्रपतिबीच मङ्गलबार यहाँ भएको भेटवार्तामा त्यस्तो सहमति भएको हो । राष्ट्रपति भ्लादिमिर पुटिन र राष्ट्रपति इब्राहिम राइसीबीचको भेटवार्ता व्यापारिक साझेदारी, सुरक्षा, पूर्वाधार निर्माण, आर्थिक सहयोग र ऊर्जामा केन्द्रित रहेको इरानी राष्ट्रपति कार्यालयको वेब साइटमा उल्लेख छ ।

दुवै राष्ट्रपतिबीच क्षेत्रीय सुरक्षा प्रवद्र्धनका साथै आपसी सहयोग र सम्बन्ध विस्तार, औद्योगिक विकास तथा संयुक्त लगानीबारे विचारविमर्श भएको जनाइएको छ । सिरियामा आतङ्कवादविरुद्ध सामूहिक रूपमा गरिएको सघङ्र्षबारे कुराकानी भएको बताइएको छ । आगामी दिनमा पनि दुवै नेताले आपसी हितका साथै साझा चासोका विषयमा मिलेर अघि बढ्न सहमति जनाएका छन् ।