• १५ असार २०८१, शनिबार

करार कर्मचारी नहटाउन ध्यानाकर्षण

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, साउन ५ गते  ।  गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालले स्थानीय तहमा स्थायी नियुक्तिका लागि सम्बन्धित प्रदेश लोकसेवा आयोगबाट सिफारिस भई नआएसम्मका लागि करार सेवामा कार्यरत अनुभवी कर्मचारी नहटाउन सबै स्थानीय तहको ध्यानाकर्षण गराएको छ । महासङ्घले बुधबार अनुरोधपत्र जारी गरी अनुभवी र दक्ष कर्मचारी हटाउँदा सम्बन्धित गाउँपालिकाको कार्यसम्पादनमा समेत आँच आउने जनाएको छ । 

गाउँपालिकाको स्वीकृत दरबन्दीभित्रका कानुनबमोजिम प्रक्रियागत रूपमा नियुक्त भएका, सन्तोषजनक  कार्यसम्पादन गरिरहेका कर्मचारीको कार्यसम्पादन मूल्याङ्कनका आधारमा म्याद थप गरी सेवा लिँदा स्थानीय तहका लागि अवसर हुने महासङ्घले जारी गरेको अनुरोध पत्रमा उल्लेख गरिएको छ । त्यस्तै लामो समयसम्म कार्यरत करार सेवाका कर्मचारीलाई पालिकाले ठूलो लगानी गरिसकेकाले ती कर्मचारी पालिकाको सम्पत्ति भएको महासङ्घले जनाएको छ ।