नेपाल मदिरा पैठारीकर्ता सङ्घ (लियन) ले नेपाल सरकारले कार, मदिरा, सुर्तीजन्य तथा अन्य विलासी वस्तुको आयातमा लगाएको प्रतिबन्ध फुकुवा नगरे नेपालको अर्थतन्त्रमा प्रतिकुल असर पर्ने बताएको छ ।
बिहीबार नेप्से परिसूचक उतारचढावबीच अन्तिम समयमा १५ अङ्कले बढेर कारोबार बन्द भएको छ।
मधेश प्रदेशको राजधानी जनकपुरधाममा एक महिलाको हातबाट दुई लाख रुपियाँ लुटेर फरार दुई जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ।
जर्मनी इङ्ल्यान्डमा जारी महिला युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा जर्मनीले फ्रान्सलाई २–१ गोलले पन्छाउँदै फाइनलमा स्थान बनाएको हो ।
राष्ट्रिय सरोकार तथा समन्वय समितिको अध्ययन प्रतिवेदनले पूर्व तयारी बिना राष्ट्रिय गौरवका आयोजना घोषणा गर्दा कार्यान्वयनको ढाँचा स्पष्ट नभएको देखाएको छ ।
कैलालीका ५३ वर्षीय भागिराम चौधरीले ३० औं पटकमा माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण हुनुभएको छ।
काठमाडौं, साउन १२ गते । सर्ट फिल्म 'आराध्या'को टिजर सार्वजनिक गरिएको छ । टिजरमा एक बच्चाको मनोभाव र उक्त परिवारको तस्बिरलाई चित्रण गरिएको हो । फिल्मको लेखन तथा निर्देशन रामजी ज्ञवालीले गर्नुभएको हो । सन्जितकुमार शाहको निर्माणमा बनेको सर्ट फिल्मका कार्यकारि निर्माता राजेशकुमार शाह हुनुहुन्छ ।फिल्ममा अभिनेता आमिर गौतम, सुरविना कार्की, द्रोस्टी शाह, सफु बुढाथोकी, सृष्टि भुषाल, प्रन्जल पौडेल, नारायण कंडेललगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।राम्रो इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको सर्ट फिल्ममा नहकुल खड्काको सम्पादन छ । यस्तै, फिल्मलाई सङ्कल्प भुजेलले खिच्नुभएको हो । फिल्मको सङ्गीतमा आरसी शाहले आवाज भर्नुभएको छ र गीतका गीतकार जीवन भण्डारी हुनुहुन्छ ।
पोखरामा देशभरका ६ महानगरका प्रमुख भेला हुने भएका छन् । यही साउन १३ र १४ गते पोखरामा ‘मेट्रो प्रमुख मिट नेपाल’ हुने भएको हो । सम्मेलनमा ६ महानगरपालिकाका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको सहभागिता रहनेछ ।
ओखलढुङ्गा–सिन्धुली जिल्लालाई जोड्ने नवलपुरको पक्की पुलको निर्माण सम्पन्न भएसँगै स्थानीयहरु खुशी भएका छन् । पुलको सबै काम सम्पन्न भइसकेको र आगामी साउन २० गतेभित्र उद्घाटन गर्ने स्थानीय जनप्रतिनिधिहरुको भनाइ छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड महामारीलाई पूर्णरुपमा नियन्त्रण गर्नुपर्ने आवश्यकता रहेको औंल्याउनुभएको छ । केही समय मत्थर हुँदै गएको कोभिड महामारी पुनः विस्तार हुँदै जाने खतरा देखिएको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री देउवाले त्यसलाई पूर्णरुपमा नियन्त्रण गर्नुपर्ने खाँचो रहेको बताउनुभयो ।
इलाममा पछिल्लो समय कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । केही समय सङ्क्रमितको सङ्ख्या शून्य भए पनि पछिल्लो समय बढ्दै गएको हो । जिल्लामा भारतबाट आउने नागरिकमा सङ्क्रमण देखिएसँगै सङ्क्रमितको सङ्ख्या बढ्न थालेको छ ।
नेपाल–बङ्गलादेश जलस्रोत समितिको सचिवस्तरीय संयुक्त बैठक काठमाडौंमा सुरु भएको छ । झण्डै १५ वर्षपछि नेपाल र बङ्गलादेशबीच जलस्रोत समितिको सचिवस्तरीय संयुक्त बैठक बिहीबार बसेको हो ।
राष्ट्रिय सभाका सांसद अनिता देवकोटाले घोराही तुलसीपुरको फोर लेन सडक निर्माण सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
अमेरिकी राष्टपति जो बाइडेनले ओमिक्रोनको नयाँ भेरियन्ट ‘बिए.५’ अमेरिकामा पनि भेटिएकोले त्यसबाट सतर्क रहन सबै अमेरिकीहरुलाई आग्रह गर्नुभएको छ । उहाँले भन्नुभएको छ, ‘‘अहिले अमेरिकामा पनि सो भेरियन्ट भेटिएको र देशव्यापी रुपमा नै विस्तार भइरहेको छ, त्यसैले यसबाट बच्नका लागि सबैले सतर्कता अपनाउन जरुरी छ ।’’
गुल्मीमा एक बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ३७ वर्षीय भूपाल अधिकारी पक्राउ परेका छन् ।