• ४ साउन २०८१, शुक्रबार

गुल्मीमा बालिका बलात्कार गरेको आरोपमा अधिकारी पक्राउ

blog

तम्घास, साउन १२ गते । गुल्मीमा एक बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ३७ वर्षीय भूपाल अधिकारी  पक्राउ परेका छन् ।

जिल्लाको इश्मा गाउँपालिका वडा नम्बर ४ का अधिकारीले बालिकालाई  साउन १० गते साँझ ७ बजे जबरजस्ती करणी गरेको आरोपमा उजुरी दिएपछि प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक माधवराज खरेलले जानकारी दिनुभयो ।

अधिकारीले बालिका फुपूको घरमा गएको समयमा ललाई फकाई एकान्तमा लगेर जवरजस्ती करणी गरी फरार बनेका थिए । उजुरीपछि आरोपितलाई प्रहरीले पक्राउ गरेको छ । 



Author

तिलाचन पाण्डे