म यतिखेर मेरो माटोको इतिहास खोजिरहेछु पुर्खाका पसिनाले भिजेका भोटाहरू दापसहित रक्तरञ्जित खुकुरी, खुँडा र तरबारहरू पुर्खाले टेकेका पाइतालाको डाम
महाकवि लक्ष्मीप्रसाद देवकोटाले उल्लेख गरेझैँ डा. केआई सिंहको व्यक्तित्व बाधा अड्चन, विधिवैपरीत्यको अभाव र राजनीतिक विचलन नआएको भए मुलुकको मुहार परिवर्तनका लागि उपयोगी रहने थियो। तर विद्रोही स्वभावका डा. सिंहले नेपालको राजनीतिमा आफ्नो छुट्टै पहिचान बनाउन सफल रहे पनि पदमा रहेर लामो समय काम गर्न पाएनन्। हुन पनि डा. सिंहको नाम नलिँदा नेपालको राजनीतिक इतिहास अपुरो रहन्छ। १९६३ साल वैशाखमा डोटीको डुम्राकोटमा जन्मेका केआ
नेपाली युवाहरु भारतमा रोजगारीका लागि जानेको सिमा नाकाहरुमा लर्को लाग्न थालेको छ । कर्णाली र लुम्बिनी प्रदेशका पहाडी जिल्लाका दैनिक रुपमा एक हजार भन्दा बढी युवा नाका हुँदै रोजगारीका लागि भारततर्फ जाने गरेको जमुनाह नाका स्थित प्रहरीको तथ्याङक छ ।
पाल्पाको रैनादेवी छहरा गाउँपालिका–३, भुवनपोखरीस्थित झिरुबासमा जिप दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
जलस्रोत क्षेत्रमा सहकार्य विस्तार गर्ने मूल एजेन्डासहित नेपाल र बङ्गलादेशका सचिवस्तरीय बैठक बिहीबार बस्दै छ । नेपालका तर्पmबाट सिँचाइ सचिव सागरकुमार राई र बङ्गलादेशका जलस्रोत मन्त्रालयका वरिष्ठ सचिव कविर विन अनवर नेतृत्वको टोलीबीच सचिवस्तरीय जलस्रोत समितिको बैठक हुन लागेको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको हो ।
इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहयोगी श्रमिकका रूपमा काम गर्न थप १६९ जना प्रस्थान गरेका छन् । आकर्षक श्रम गन्तव्य इजरायलको रोजगारी रोकिएको छ महिनापछि १६९ नेपाली इजरायल प्रवेश गरेका हुुन् । इजरायलमा देखिएको श्रम विवादको कूटनीतिक पहलपछि यो सङ्ख्यासहित इजरायल प्रवेश गर्ने नेपाली सङ्ख्या ४५५ पुगेको वैदेशिक रोजगार विभागले जनाएको छ ।
बेनीमा सञ्चालन भएको उज्यालो वैकल्पिक विद्यालयबाट एसर्ईई परिक्षामा सहभागि हुनुभएको ६२ वर्षीया रेणु मल्लले बुधवार सार्वजनिक भएको परिक्षाको नतिजामा १.८५ जिपिए ल्याएर पास हुनुभयो ।
सोलुखुम्बुको थुलुङदूधकोसी गाउँपालिका–८, देउसा बुडिडाँडामा लक्ष्मी बैङ्कको शाखारहित बैङ्किङ सेवा विस्तार भएको छ । सो गाउँपालिकाको वडा नं. ७ र ८ को सामाजिक सुरक्षा भत्तालगायत अन्य वित्तीय सुविधालाई ध्यानमा राखेर शाखारहित बैङ्किङ सेवा सुरु गरिएको वडाध्यक्ष राजेश राईले जानकारी दिनुभयो । गाउँपालिका अध्यक्ष असीम राईले सामाजिक सुरक्षा भत्ता वितरणलाई सहज बनाउने प्रयास भइरहेको बताउनुभयो । सामाजिक सुरक्षा वितरणलाई पारदर्शी बनाउने गरी बैङ्किङ प्रणाली लागू गरेको भए पनि भौगोलिक हिसाबले समस्या आएको उहाँले बताउनुभयो ।
एसईई दिएका विद्यार्थीलाई नेपाल टेलिकमले निःशुल्क सिमकार्ड उपलब्ध गराउने भएको छ । विद्यार्थीले देशभरका टेलिकम कार्यालयबाट निःशुल्क सिमकार्ड लिन सक्ने कम्पनीले जनाएको छ । टेलिकमका अनुसार उक्त सिमबाट ‘स्टुडेन्ड रजिस्टे«सन प्याक’बाट विद्यार्थीले टेलिकमको नेटवर्कभित्र दैनिक १० मिनेट कुराकानी, १० वटा एसएमएस तथा एक सय एमबी डेटा प्रयोग गर्न सक्नेछन् । यो अफर ३० दिनसम्म प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ ।
नेपाल र भारतबीच भएको जीटुजी (सरकारदेखि सरकार) सम्झौताबमोजिमको रासायनिक मल आउने सुनिश्चित भएको छ । गत फागुनमा दुई देशबीच पाँच वर्षका लागि जीटुजीको माध्यमबाट मल खरिद गर्ने सम्झौता भएको थियो । बल्ल छ महिनापछि त्यो मल नेपाल आउने सुनिश्चित भएको हो । “नेपाल सरकारले अब जति छिटो रकमको व्यवस्था गर्छ, त्यति छिटो भारतबाट मल आउँछ । अब भारतबाट जीटुजी सम्झौताअनुसार मल आउन सुनिश्चित भएको छ,” कृषि सामग्री कम्पनी लिमिटेडका प्रमुख राजेन्द्रबहादुर कार्कीले भन्नुभयो । भारतको राष्ट्रिय केमिकल फर्टिलाइजर लिमिटेडबाट नेपालले मल खरिद गर्ने सम्झौता गरेको छ ।
नेपालभाषामा रङ्गमञ्च साहित्यको विकास गर्ने उद्देश्यले ‘झीगु सः’ र ‘सुकुन्दा फिल्म्स’ले संयुक्त रूपमा आउँदो भदौ ४ गते शनिबार ज्यापु भवन ललितपुरमा गाईजात्रा महोत्सव गर्ने भएको छ ।
कालिगण्डकी र रघुगंगा नदीको संगमस्थलमा रहेका धार्मिकस्थल नदी कटानका कारण जोखिममा परेका छन् । मुक्तिनाथ मन्दिरको प्रवेशद्धारका रुपमा रहेका गलेश्वर क्षेत्रमा पर्ने गायत्री मन्दिर र राममन्दिर नदी कटानको उच्च जोखिममा परेका हुन । वर्षेनी नदीमा आउने वाढीका कारण मन्दिर परिसर कटान हुँदै जान थालेको छ ।
नेपालको गायन प्रतिभा प्रसूनजङ्ग पोखरेलले थाइल्यान्डमा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा विभिन्न देशका गायन प्रतिभासँग प्रतिस्पर्धा गर्ने अवसर पाउनुभएको छ। परिवर्तन इभेन्ट हाउसद्वारा १० वर्षदेखि राजधानीमा आयोजना हुँदै आएको नृत्य, गायन तथा अभिनयको प्रतिस्पर्धात्मक कार्यक्रम डीएसए (डान्स, सिङगिङ एन्ड एक्टिङ) सिङगिङ स्टार २०१९ को विजेता भएबापत प्रसुनले सो अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनुभएको हो। प्रसुनले टिन स्टार इन्टरनेसनलमा ५५ देशका ११ देखि १४ वर्ष उमेर समूहका सयौँ प्रतिभाका बीच आफूलाई प्रतिस्पर्धामा उतार्नेछन्।
सिनामङ्गलस्थित पुरानो घर थिएटरमा नाटक ‘सिटामोल’को मञ्चन सुरु भएको छ। सजीव प्राणी भएपछि रोग नलाग्ने त कुरै भएन तर रोगीको समयमै उपचार नहुँदा, औषधि नपाउँदा र भएको औषधिको पनि सही सदुपयोग नहुँदा ज्यान जाने जोखिम धेरै नै हुन्छ। सरकारले धेरैजसो औषधि निःशुल्क प्रदान गर्ने प्रावधान राखेको छ तर त्यसको सही कार्यान्वयन नहुँदा त्यही औषधिलाई हामी महँगो मूल्य तिर्ने गर्छौं। नाटक ‘सिटामोल’ यही सञ्जालमा बेरिएको छ। देश अहिले निकै नाजुक अवस्थाबाट गुज्रिरहेको छ। महँगी, कालोबजारी, भ्रष्टाचारले देशको चरम विकासमा जनतालाई सास्ती दिँदै आएको छ।
माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा रुपन्देहीवाट ५ जना विद्यार्थीले जीपीए चार ल्याएका छन् ।