• ४ साउन २०८१, शुक्रबार

नेपालभाषा हास्यव्यङ्ग्य गाईजात्रा महोत्सव

blog

ललितपुर, साउन १२ गते । नेपालभाषा (नेवारी)मा रङ्गमञ्च साहित्यको विकास गर्ने उद्देश्यले ‘झीगु सः’ र ‘सुकुन्दा फिल्म्स’ले संयुक्त रूपमा आउँदो भदौ ४ गते शनिबार ज्यापु भवन ललितपुरमा गाईजात्रा महोत्सव गर्ने भएको छ ।

नेपालभाषा हास्यव्यङ्ग्य क्षेत्रका तीन खम्बाहरू पद्मरत्न तुलाधर, रामशेखर नकःमि र श्रीकृष्ण अणुले सुरुवात गरेको हास्यव्यङ्ग्य साहित्यलाई निरन्तरता दिनुका साथै उक्त कार्यक्रमबाट सङ्कलित रकमबाट केही रकम गायक तथा सङ्गीतकार सुमन कपालीको स्वास्थ उपचारका लागि सहयोग गर्ने चलचित्र पत्रकार विजय रत्न असंबरेले बताउनुभयो ।

परम्परादेखि चल्दै आएको खतजात्रा लोप हुँदै गएको अवस्थामा नेपाल भाषा रङ्गमञ्चीय परम्परालाई निरन्तरता दिन वडा नं १६ का अध्यक्ष निर्मलरत्न शाक्यले उक्त कार्यक्रमका लागि सक्दो सहयोग गर्ने जानकारी दिनुभयो ।