• १५ असार २०८१, शनिबार

टेलिकमको निःशुल्क सिम

blog

काठमाडौँ, साउन १२ गते । एसईई दिएका विद्यार्थीलाई नेपाल टेलिकमले निःशुल्क सिमकार्ड उपलब्ध गराउने भएको छ । विद्यार्थीले देशभरका टेलिकम कार्यालयबाट निःशुल्क सिमकार्ड लिन सक्ने कम्पनीले जनाएको छ । टेलिकमका अनुसार उक्त सिमबाट ‘स्टुडेन्ड रजिस्टे«सन प्याक’बाट विद्यार्थीले टेलिकमको नेटवर्कभित्र दैनिक १० मिनेट कुराकानी, १० वटा एसएमएस तथा एक सय एमबी डेटा प्रयोग गर्न सक्नेछन् । यो अफर ३० दिनसम्म प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ । 

उक्त सिममा ‘बोनस अन रिचार्ज प्याक’समेत उपलब्ध गराएको छ । प्याकमा ५० रुपियाँभन्दा बढीको रिचार्जमा जुनसुकै समयमा प्रयोग गर्न सक्ने पाँच सय एमबी डेटा, टेलिकमकै नेटवर्कभित्र ५० मिनेट कल र ५० वटा एसएमएस प्राप्त गर्नेछन् ।