गोरखापत्र समाचारदाता
काठमाडौँ, कात्तिक २५ गते । सिन्धुलीमा रक्तसंचार केन्द्र सञ्चालनका लागि एक करोड रुपियाँको अक्षयकोष स्थापना अभियान सञ्चालित छ ।
सो अभियानमा २५ हजार रुपियाँ सहयोग गर्ने ६ जना माधवप्रसाद कोइराला, बच्चु कोइराला, विनोद कोइराला, महेश्वर कोइराला, रुपक श्रेष्ठ र रमा कोइरालालाई प्रमाणपत्र वितरण गरिएको थियो । सिन्धुली रक्तसंचारका लागि गाउँगाउँबाट रगत संकलन गर्ने गरिएको छ ।
शान्ति र विकासका लागि विश्व विज्ञान दिवसका अवसरमा नेपाल रेडव्रmस सोसाइटी कुशेश्वर दुम्जा उपशाखाद्वारा सोमबार धरिनडाँडामा आयोजित रक्तदान कार्यव्रmममा २३ जनाले रक्तदान गर्नुभएको छ ।
नेपाल रेडव्रmस सोसाइटी सिन्धुली जिल्ला शाखाको प्राविधिक सहयोग तथा पानीपोखरी युवा क्लबको समन्वयमा आयोजित रक्तदानमा सुनकोसी गाउँपालिका वडा नम्बर १ र २ का वासिन्दाले रक्तदान गर्नुभएको छ ।
सिन्धुलीमा रक्तसंचार केन्द्र सञ्चालनका लागि एक करोड रुपियाँको अक्षयकोष स्थापना अभियान सञ्चालित छ । सो अभियानमा २५ हजार रुपियाँ सहयोग गर्ने ६ जना माधवप्रसाद कोइराला, बच्चु कोइराला, विनोद कोइराला, महेश्वर कोइराला, रुपक श्रेष्ठ र रमा कोइरालालाई प्रमाणपत्र वितरण गरिएको थियो । सिन्धुली रक्तसंचारका लागि गाउँगाउँबाट रगत संकलन गर्ने गरिएको छ ।
नेपाल रेडव्रmस सोसाइटी दुम्जा उपशाखाका सभापति रुपक श्रेष्ठका अनुसार, नेपाल रेडव्रmस जिल्ला शाखाका कोषाध्यक्ष पुरुषोत्तम अधिकारीले कोषका सहयोगदाता तथा रक्तदातालाई प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
सिन्धुली जिल्लाको सुनकोसी गाउँपालिका–१ दुम्जाको धरिनडाँडा ऐतिहासिक स्थल समेत हो । नेपालको इतिहासमा ‘एकैबाबुका तीन छोरा प्रधानमन्त्री’ भनेर कोइराला परिवारलाई लिइन्छ । तीन प्रधानमन्त्रीका पिताजी कृष्णप्रसाद कोइराला यही दुम्जाको धरिनडाँडामा जन्मिनुभएको हो । सो स्थानलाई ऐतिहासिक बीपी पार्कका विकास गर्न कार्य अघि बढेको छ । सोही स्थानमा आयोजित रक्तदान कार्यव्रmमले पर्यटन क्षेत्रको विकास हुँदै गरेको सो स्थलको प्रवर्धनमा समेत सहयोग पुग्ने नेरेसो दुम्जा उपशाखाका सभापति रुपक श्रेष्ठले बताउनुभयो ।