• ४ साउन २०८१, शुक्रबार

टिन स्टार इन्टरनेसनलमा गायक प्रसून

blog

काठमाडौँ, साउन १२ गते । नेपालको गायन प्रतिभा प्रसूनजङ्ग पोखरेलले थाइल्यान्डमा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा विभिन्न देशका गायन प्रतिभासँग प्रतिस्पर्धा गर्ने अवसर पाउनुभएको छ। परिवर्तन इभेन्ट हाउसद्वारा १० वर्षदेखि राजधानीमा आयोजना हुँदै आएको नृत्य, गायन तथा अभिनयको प्रतिस्पर्धात्मक कार्यक्रम डीएसए (डान्स, सिङगिङ एन्ड एक्टिङ) सिङगिङ स्टार २०१९ को विजेता भएबापत प्रसुनले सो अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनुभएको हो। प्रसुनले टिन स्टार इन्टरनेसनलमा ५५ देशका ११ देखि १४ वर्ष उमेर समूहका सयौँ प्रतिभाका बीच आफूलाई प्रतिस्पर्धामा उतार्नेछन्।