• १० मंसिर २०८१, सोमबार

जर्मनी महिला युरोकपको फाइनलमा

blog

सेमिफाइनलमा प्रतिस्पर्धा गर्दै जर्मनी र फ्रान्सका खेलाडी । तस्बिर : एपी/रासस

काठमाडौं, साउन १२ गते । जर्मनी इङ्ल्यान्डमा जारी महिला युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा जर्मनीले फ्रान्सलाई २–१ गोलले पन्छाउँदै फाइनलमा स्थान बनाएको हो ।

सर्वाधिक आठ पटकको च्याम्पियन जर्मनीलाई फाइनलमा पुर्‍याउन दुवै गोल एलेसान्द्रा पोपले गर्नुभयो । फ्रान्सले भने जर्मनीबाट आत्मघाती गोल उपहार पाएको थियो । प्रतिस्पर्धात्मक खेलमा एलेसान्द्राले ४०औं मिनेटमा पहिलो गोल गर्नुभएको थियो । तर ४४औं मिनेटमा जर्मनीकै मर्ल फ्रम्सले आत्मघाती गोल गरेपछि खेल १–१ गोलको बराबरी अवस्थामा पुगेको थियो ।

दोस्रो हाफमा एलेसान्द्राले निर्णायक गोल गर्नुभयो । उहाँले ७६औं मिनेटमा गोल गर्दै जर्मनीलाई उपाधि नजिक पुर्‍याउनुभयो । नवौं पटक फाइनलमा स्थान बनाएको जर्मलीले यसअघि फाइनलमा पुगेको आठवटै संस्करणमा उपाधि चुमेको थियो ।

जर्मनीले यसअघि सन् १९८९, १९९१, १९९५, १९९७, २००१, २००५, २००९ र २०११३ मा च्याम्पियन बनेको थियो । फाइनलमा जर्मनीले आयोजक इङ्ल्यान्डसँग सान १५ गते प्रतिस्पर्धा गर्नेछ । आयोजक इङ्ल्यान्डले स्वीडेनलाई ४–० गोलले स्तब्ध बनाउँदै फाइनल यात्रा तय गरिसकेको छ । एजेन्सी