• ४ साउन २०८१, शुक्रबार

'आराध्या'को टिजर सार्वजनिक

blog

काठमाडौं, साउन १२ गते । सर्ट फिल्म 'आराध्या'को टिजर सार्वजनिक गरिएको छ । टिजरमा एक बच्चाको मनोभाव र उक्त परिवारको तस्बिरलाई चित्रण गरिएको हो । 

फिल्मको लेखन तथा निर्देशन रामजी ज्ञवालीले गर्नुभएको हो । सन्जितकुमार शाहको निर्माणमा बनेको सर्ट फिल्मका कार्यकारि निर्माता राजेशकुमार शाह हुनुहुन्छ ।

फिल्ममा अभिनेता आमिर गौतम, सुरविना कार्की, द्रोस्टी शाह, सफु बुढाथोकी, सृष्टि भुषाल, प्रन्जल पौडेल, नारायण कंडेललगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।

राम्रो इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको सर्ट फिल्ममा नहकुल खड्काको सम्पादन छ । यस्तै, फिल्मलाई सङ्कल्प भुजेलले खिच्नुभएको हो । फिल्मको सङ्गीतमा आरसी शाहले आवाज भर्नुभएको छ र गीतका गीतकार जीवन भण्डारी हुनुहुन्छ ।