सरकारले पृथ्वी जयन्तीको दिन पुस २७ गते सार्वजनिक बिदा दिने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको बिना विभागीयमन्त्री राजेन्द्र राईले जानकारी दिनुभयो।
नेपालबाट दादुरा उन्मूलन गर्ने लक्ष्यमा निकै चुनौती थपिएको छ। नेपालसहित दक्षिणपूर्वी ११ राष्ट्रले विश्व स्वास्थ्य सङ्गठनसमक्ष सन् २०२३ सम्ममा दादुरा उन्मूलन गर्ने प्रतिबद्धता जनाएका थिए। सोमबार साँझसम्ममा बाँकेका ८० जना बालबालिकामा दादुरा रोग पुष्टि भएसँगै दादुरा उन्मूलनमा चुनौती थपिएको हो। तीमध्ये एक जनाको निधन भइसकेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार ठाकुरले बाँकेमा अप्रत्यासित रूपमा दादुरा फैलिएको जानकारी दिनुभयो। उहाँले स्वास्थ्य मन्त्रालयले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट दादुरा नियन्त्रणका लागि टोली पठाइसकेको बताउनुभयो।
सरकारले आगामी पाँच वर्षभित्र ६० लाख नागरिकलाई सामाजिक सुरक्षा भत्ताको दायरामा ल्याउने लक्ष्य लिएको छ ।
निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले सर्वपक्षीय सहयोगका कारण गत मंसिर ४ गते सफलतापूर्वक सम्पन्न भएको बताउनुभएको छ ।
प्रतिनिधि सभाकोे दोस्रो कार्यकालका लागि नवगठित प्रतिनिधिसभाको अधिवेशनलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले जनताले सशर्त समर्थन गरेर संसदमा पठाएको कुरा बिर्सिन नहुनेमा समेत जोड दिनुभयो ।
पूर्वी नवलपरासीमा अवैध रुपमा सञ्चालनमा आएका २१ वटा क्रसर उद्योग बन्द गर्न सुरु गरिएको छ । नवलपरासीपूुर्वका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेका अनुसार गृह मन्त्रालयको निर्देशनअनुसार जिल्लामा सञ्चालनमा रहेको २१ वटा अवैध क्रसर उद्योगहरु बन्द गर्ने निर्देशन दिइएको र बन्द हुुनेक्रममा रहेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्र र जनता, स्थिरता र सुशासनको पक्षमा आफूले काम गर्ने बताउनुभएको छ ।
नेपाल आदिवासी जनजाती महासंघ (नेफिन) ले सरकारले पुस २७ गते पृथ्वीजयन्तीको दिन सार्वजनिक विदा दिने गरेको निर्णयप्रति आपत्ति जनाएको छ । सत्ता साझेदार दलको न्युनतम साझा कार्यक्रममा पुष २७ गते पर्ने पृथ्वीजयन्तीमा सार्वजनिक विदा दिने उल्लेख भएकोप्रति महासंघले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
जनता समाजवादी पार्टी नेपाल (जसपा) मधेश प्रदेशको संसदीय दलको नेतामा निवर्तमान प्रदेशसभाका सभामुख सरोजकुमार यादव निर्वाचित हुनुभएको छ ।
सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले करिब नौ महिनाको कार्य प्रगति विवरण सार्वजनिक गरेको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री डा. रणबहादुर रावलले जिम्मेवारी सम्हालेको अवधिको कार्य प्रगति विवरण सार्वजनिक गरिएको हो ।
। नेकपा (एमाले) का अध्यक्ष तथा उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक केपी शर्मा ओलीले सत्ता साझेदार दलबाट तयार गरी स्वीकृत भएको साझा न्यूनतम साझा कार्यक्रम सरकारले कार्यान्वयन गरी देशलाई अग्रगमन तथा समृद्धिमा लग्ने विश्वास व्यक्त गर्नुभएको छ ।
सरकारले ६० वर्षमाथिका नागरिकलाई नसर्ने रोगको निःशुल्क औषधि उपलब्ध हुने गराउने भएको छ । उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले न्यूनतम साझा कार्यक्रमलाई आज सार्वजनिक गर्नुहुँदै सरकारले यस्तो नीति ल्याएको जानकारी दिनुभयो ।
नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले वर्तमान सरकारको स्थिरता चुनौतीको विषय भएको बताउनुभएको छ ।
नयाँ सरकारले आफ्नो न्यूनतम साझा कार्यक्रम सार्वजनिक भइरहेको छ ।
पत्रकार भीम थापाले आफूले प्राप्त गरेको पत्रकारिता पुरस्कार पोखरा १७ छोरेपाटन स्थित मानव सेवा आश्रमलाई प्रदान गर्नुभएको छ ।