प्रतिनिधि सभा बैठकले तीन जना सांसदप्रति शोक प्रस्ताव पारित गरेको छ । आज सोमबार नयाँ बानेश्वरस्थित संसद् भवनमा बसेको बैठकले सो शोक प्रस्ताव पारित गरेको हो ।
साताको दोस्रो कारोबारको दिन सोमबार नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भएको छ । आज नेप्से परिसूचक ४६.७६ अङ्क बढेर २२११.३८ बिन्दुमा पुगेको हो ।
प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री कार्कीलाई शपथ गराउनुभएको हो ।
प्रतिनिधि सभा सांसद प्रेम सुवालले विद्यालय शिक्षा अनिवार्य तथा निःशुल्क हुनुपर्ने बताउनुभएको छ । प्रतिनिधि सभाको बैठकमा बोल्नुहुँदै उहाँले विश्वविद्यालय शिक्षा निःशुल्क हुनुपर्ने भन्नुहुँदै सो कुरा बताउनुभएको हो ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सङ्घीयता मन्त्री र सांसद उत्पादन गर्ने कारखाना साबित भएको बताउनुभएको छ ।
नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले टीकापुर घटनामा सरकारले थारुमाथि अन्याय गरेकाले न्याय गर्न माग गर्नुभएको छ ।
जनता समाजवादी पार्टी (जसपा) नेपालको मधेश प्रदेशको संसदीय दलको नेतामा सरोज यादव निर्वाचित हुनुभएको छ ।
राष्ट्रियसभा सदस्य एवम् नेकपा (एकीकृत समाजवादी) का महासचिव वेदुराम भुसालले नयाँ सरकारलाई मुलकको अर्थतन्त्र अगाडि बढाउनेतर्फ केन्द्रित रही काम गर्न सुझाव दिनुभएको छ ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले समाजवादको मूल अन्तर्यलाई समातेर समृद्धिको बाटोमा अघि बढ्नुपर्ने बताउनु भएको छ ।
जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सीके राउत) ले गणतान्त्रिक व्यवस्थामा मधेसवादी जनता र राजनीतिक शक्तिको उच्च विश्वास र सम्मान रहेको बताउनुभएको छ ।
अभिनेता विजय देवराकोन्डाले आफ्ना सय जना फ्यानलाई भारतकाे मनाली घुमाउने घोषणा गर्नुभएको छ ।
नाइजेरियाको दक्षिणी इडो राज्यस्थित रेल स्टेसनबाट शनिबार एके–४७ राइफल बोकेका हतियारधारीहरूले ३० जनाभन्दा बढी व्यक्तिलाई अपहरण गरेको डीडब्ल्यु न्युजले जनाएको छ ।
कर्णाली प्रदेश सभाको सभामुखको निर्वाचन माघ १ गते हुने भएको छ । कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालका लागि सभामुखको निर्वाचन माघ १ गते दिउँसो १:०० बजे तोकिएको हो ।
अमेरिकी राष्ट्रपति जो बाइडेन र उहाँका मेक्सिकन समकक्षी एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोरबीच सोमबार हुन लागेको वार्तामा क्षेत्रीय आप्रवासन र लागुऔषध तस्करीलगायतका मुद्दामा छलफल हुने बताइएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रियता, राष्ट्रिय एकता, विकास र सुशासनको मुद्दामा विगतमा झैँ दृढतापूर्वक उभिने बताउनुभएको छ ।